केन्द्रीय संस्करण

नेकपाले यसरी सम्झियो पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनलाई

person explore access_timeबैशाख १३, २०७६ chat_bubble_outline1

सरलपन, आदर्श र निष्ठाका प्रतिमुर्ति मानिने नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विसं १९७८ सालमा काठमाडौमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।

लामो राजनीतिक संघर्षको क्रममा उनले १७ वर्ष जेल जीवन बिताएका थिए । पढाइको सिलसिलामा भारतको बनारसमा रहँदा भारत छोडो आन्दोलनमा सहभागी हुँदा अधिकारी बनारसमा जेल परेका थिए । जेलमा भारतीय कम्युनिष्ट नेतासँगको सम्पर्कमा रहेर उनी कम्युनिष्ट पार्टीमा संगठित भएका थिए ।

२००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व गरेका अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । मनमोहनले नेपाल कम्युनिष्टको सरकार सफल मात्र होइन काम गर्न पनि सक्षम हुन्छ भन्ने प्रमाणित गरिदिएका थिए ।

यसै क्रममा शुक्रबार ललितपुरको सानेपास्थित मनमोहन प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा लगायतका नेताहरुले स्वर्गीय अधिकारीको शालिकमा माल्यपर्ण गरेका छन् । 

 

कमेन्ट

  1. April 26, 2019, 5:36 p.m. सुयोग पाख्रीन
    मनमोहन अधिकारिले थामेको कम्युनिस्ट बिरासत,अहिले ताल हेर्दा कम्युनिस्ट त हुन नसकेपनी, कमसेकम कमाउनिस्ट चै नहुनु है, म कार्यक्रताको तर्फबाट कमरेड मनमोहन अधिकारी प्रती हार्दिक श्रद्धा सुमन ।वहाले हिडेको बाटोमा सबैलाई हिड्ने प्रेणा मिलोस। अभिबादन ✊✊✊✊✊
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...