शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्राधिकरणले इन्जिनियहरुलाई दियो यस्तो चेतावनी

शुक्रबार, १३ वैशाख २०७६, १३ : २१
शुक्रबार, १३ वैशाख २०७६

काठमाडौँ– २०७२ सालको भूकम्पले क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणमा कार्यरत प्राविधिकहरुले सामूहिक राजीनामा दिएको भनेर आएको समाचारप्रति राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले शुक्रबार एक वक्तव्य जारी गर्दै प्राविधिकहरुले उठाएका अतिरिक्त सेवा सुविधा लगायतका मागहरु २०७५ भदौबाट लागू हुने गरी नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट निर्णय भइसकेको र त्यसबारे नेपाल इन्जिनियर्स एसोसियनका पदाधिकारीहरुसहितको २०७६ बैशाख १२ गते बिहानको बैठकमा प्राविधिकहरुलाई जानकारी गराएको अवस्थामा सोही दिन सामूहिक राजीनामा दिएको घोषणा गर्नुले पुनर्निर्माण र भूकम्प पीडित जनताको संवेदनशीलताप्रति प्राविधिकहरुको नियतमाथि प्रश्न उठाएको जनाएका छन् ।

‘मागहरु सम्बोधन भइसकेको अवस्थामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तत्काल पुनर्निर्माणको कार्यमा जुट्न सबै प्राविधिकहरुलाई निर्देशन गर्दछ । पुनर्निर्माणको महाअभियानमा अवरोध सिर्जना गर्ने मनसाय राखी अघि बढेको पाइएमा कडा कदम चाल्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बाध्य हुनेछ’ विज्ञप्तिमा उल्लेख छ । बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गरी पुनर्निर्माणमा संलग्न प्राविधिक तथा इन्जिनियरहरुले सामुहिक राजीनामा दिएको घोषणा गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप