शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनाकोन्डालाई बाटो काट्न जब मानिसहरुले सहयोग गरे (भिडियोसहित)

शुक्रबार, १३ वैशाख २०७६, १३ : ३२
शुक्रबार, १३ वैशाख २०७६

यो सोमबार ब्राजिलको बीआएर–३६४ हाइवेमा भएका मानिसहरु निकै चकित भए । हाइवेको बीचमा सोच्दै नसोचेको जीव आएपछि गाडीका चक्काहरुमा एक्कासी ब्रेक लाग्यो ।

पोर्टो भेल्होस्थित नर्थवेस्टर्न सिटी नजिकैको हाइवेमा एकाएक ९.८ फिट लामो एनाकोन्डा देखियो । मानिसहरुले उक्त एनाकोन्डालाई सकूशल बाटो काट्न सहयोग गरे । उनीहरुले यसको भिडियो एवं फोटो खिचेका छन् ।

सर्पले बाटो काटिएरहेको विभिन्न भिडियो थुप्रै मानिसहरुले फेसबुकमा सेयर गरेका थिए ।

ब्राजिलको मिडिया आउटलेट जीवान ग्लोबोले उक्त भिडियो पोष्ट गर्दै बायोलोजिस्ट फ्लाभियो तेरासानीसँग कुराकानी गरेकमो छ । फ्लाभियोका अनुसार उक्त एनाकोन्डा १० वर्षको हुनसक्ने र आफ्नो खाना र बासस्थानको खोजीमा भड्किएको हुनसक्ने अनुमान गरेका छन् ।

यो विशाल सर्प निकै भयानक देखिएपनि लत भिडियोमा देखिएको सर्प खासै विषालु नहुने बताइन्छ । हरियो एनाकोन्डाले मानिसलाई आफ्नो आहार बनाएको अहिलेसम्म कुनै रिपोर्ट छैन । यद्यपी, जुलोजिस्टले यस्ता जनावरको नजिक जाँदा निकै सचेत हुनुपर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप