शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हत्या आरोपी ११ वर्षपछि पक्राउ

शनिबार, २१ साउन २०७४, ०९ : ४०
शनिबार, २१ साउन २०७४

बैतडी ,-हत्या आरोपमा प्रहरीको फरार सूचीमा रहेका एक अभियुक्तलाई दार्चुला प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बझाङको साबिक दहबगर–५ का ४० वर्षीय खण्डे भनिने खड्गबहादुर धामी रहेको जिप्रका दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । खण्डेलाई २०६४ भदौ २५ गते राति १२ बजे भाउजू नाता पर्ने कन्थरी धामीको हत्या गरी फरार रहेको अभियोग लगाइएको छ । 

खण्डे भारतमा रहेको भनी बझाङ प्रहरीले एक महिना अगाडि दार्चुला प्रहरीलाई खबर गरेको थियो । दार्चुला प्रहरीले शुक्रबार भारतीय प्रहरी समन्वयमा भारतको पिथौरागढ जिल्लाको मुन्सियारीबाट पक्राउ गरेको प्रनाउ खनालले जानकारी दिनुभयो । लुकेर रहेका खण्डेलाई दार्चुला प्रहरीले भारतको मुन्सियारीमा लुकेर बसेको भन्ने विशेष सुराकीका आधारमा पक्राउ गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप