शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुजितको नयाँ ‘शिलान्यास’ सार्वजनिक

आइतबार, १५ वैशाख २०७६, १३ : ५०
आइतबार, १५ वैशाख २०७६

काठमाडौं– समाजशास्त्री सुजित मैनालीको नयाँ कृति ‘शिलान्यास’ सार्वजनिक भएको छ । पुस्तकको शनिबार लेखक तथा पत्रकार सुधीर शर्मा, सामाजिक अध्यता गौरव केसी र अन्तराष्ट्रिय मामिलाविद्ध लिला न्याइच्याईले एकसाथ सार्वजनिक गरेका थिए । 

पुस्तकमा पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भएको विजय अभियान, सो समयको जनजातिको संस्कृति र राजनीतिबाट परेको प्रभाव लगायतका बिषय पुस्तकले खोतल्ने प्रयास गरेको छ ।  अन्तर्राष्ट्रिय मामिला विज्ञ लिला न्याइच्याईले लेखक मैनालीले कितावमा अत्यन्त जटिल बिषय समेटेर चुनौती पूर्ण कार्य गरेको बताइन् ।

सामाजिक अध्यता गौरवले इतिहासलाई छोटो समयमा बुझ्न किताव लाभदाय हुने बताए ।  शिलान्यासले इतिहासलाई पढ्न प्रेरित गर्ने लेखक तथा पत्रकार सुधिर शर्माले बताए । उनले ‘करिब २५० वर्षको इतिहास ‘शिलान्यास’बाट नियाल्न बझ्न सकिने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप