शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रिमियर लिग: मध्यपश्चिम विजयी

आइतबार, १५ वैशाख २०७६, १४ : ४६
आइतबार, १५ वैशाख २०७६

सुर्खेत– वीरेन्द्रनगरमा जारी दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल) मा मध्यपश्चिम क्रिकेट क्लबले पहिलो जीत दर्ता गरेको छ ।

कालिञ्चोक मैदानमा आज बिहान सम्पन्न खेलमा झापाको लालीगुराँस क्रिकेट एकेडेमीलाई सात विकेटले हराउँदै मध्यपश्चिम खाता खोल्न सफल भएको हो । टस जितेर ब्याटिङ गरेको लालीगुराँसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । 

११२ रनको लक्ष्य मध्यपश्चिम क्रिकेट क्लबले तीन विकेट गुमाएर १६।१ ओभरमा पूरा गर्यो । मध्यपश्चिमको जीतमा बलिङमा आकाश विष्ट र अजय साहनीले तीन÷तीन विकेट लिए । ब्याटिङमा शैलेन्द्र यादवले अविजित ५३ तथा विशाल गुप्ताले अविजित ४५ रन बनाए । 

शैलेन्द्रले ३५ बलमा ९ चौका र १ छक्का तथा विशालले ४३ बलमा पाँच चौका प्रहार गर्नुभयो । यसअघि लालीगुराँसको लागि ब्याटिङमा प्रकाश पटेलले सर्वाधिक ३० तथा धनुश थापाले १८ रन बनाए । यो सँगै लालीगुराँस क्रिकेट एकेडेमी लगातार तीन खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । 

यही १२ गतेदेखि जारी प्रतियोगितामा कर्णाली २ खेलमा ४ अङ्कका साथ शीर्ष स्थानमा छ भने त्रिभुवन आर्मी एपिएफ र बुटबलले एक÷एक खेलमा जित हासिल गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप