शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोवल ग्रुपको अर्काे प्लस टु साईन्स कलेज संचालनमा

आइतबार, १५ वैशाख २०७६, १६ : ४७
आइतबार, १५ वैशाख २०७६

काठमाडौं– ग्लोवल ग्रुपले प्लस टु साईन्स कलेज संचालनमा ल्याएको छ । ग्लोवल कलेज अफ मेनेजमेन्ट लगायत दर्जनौं प्रतिष्ठित शैक्षिक संस्थाहरुको सञ्चालन गरिसकेको ग्लोवल ग्रुप गुणस्तरिय शैक्षिक संस्थाहरु सञ्चालन गर्ने ग्रुपको रुपमा समेत परिचित छ ।

प्लस टु साईन्स कलेज संचालन समारोहमा बोल्दै प्रा.डा उदयराज खनालले विज्ञान विषयको शैक्षिक केन्द्रका रूपमा ग्लोबल स्कुल अफ साइन्सको स्थापना हुनु सुखद रहेको वताए । उनले ‘उच्च शिक्षाको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको ग्लोवल ग्रुपले सञ्चालन गर्ने यस स्कुलले विज्ञान र प्रविधिको क्षेत्रमा योगदान पु¥याउन सक्ने जनशक्ती उत्पादन गर्ने’ विश्वास ब्यक्त गरे । 

समारोहमा स्कुलका प्राचार्य अम्बादत्त जोशीले ग्लोवल स्कुल अफ साईन्सलाई उत्कृष्ट विज्ञान शिक्षणको थलो बनाईने बताए । स्कुलका शैक्षिक सल्लाहकार प्रा.डा. शेखर गुरुङले बदलिँदो युग र आवश्यकता अनुसार विज्ञान शिक्षणमा जोड दिनु पर्ने बताउँदै बिज्ञान आफैंमा प्रयोगपरक विषय रहेको र ग्लोबल स्कुल अफ साइन्सले पनि प्रयोग र अनुशन्धानलाई नै उच्च प्राथमिकतामा राख्ने बताए । 

स्कुल सञ्चालकका अनुसार अत्याधुनिक विधि, प्रविधि, प्रयोग र अनुसन्धानमा आधारित वैज्ञानिक शिक्षणलाई ग्लोवल स्कुल अफ साईन्सले जोड दिनेछ । स्कुलद्वारा जारी प्रेश विज्ञप्तीमा ‘नेपालमै वैज्ञानिक, व्यावहारिक तथा जीवनोपयोगी शिक्षाको नयाँ आयामका रूपमा उच्च शैक्षिक गुणस्तर सिर्जना गर्ने एवम् प्रविधिमैत्री शैक्षिक वातावरणको सुनिश्चितताका साथ विद्यार्थीहरूलाई बढीभन्दा बढी प्रयोग र अनुसन्धानमुखी बनाउने यस स्कुलको उद्देश्य रहेको’ बताईएको छ । 

उद्घाटन समारोहमा स्कुलले वरिष्ठ वैज्ञानिक डा. महावीर पुनद्वारा स्थापित राष्ट्रिय अनुसन्धान केन्द्रसँग शैक्षिक तथा वैज्ञानिक क्षेत्रमा परामर्श र सहकार्य गर्नका लागि दुईपक्षीय सम्झौता गरिसकेको जानकारी दिइएको थियो । स्कुलका अनुसार यसै शैक्षिक सत्र २०७६ देखि कक्षा ११ र १२ मा विज्ञान विषयको अध्ययन अध्यापन सुरु गरिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप