शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१ अर्ब बढी कारोबार भएको सेयर बजारमा ४.२१ अंकको गिरावट

सोमबार, १६ वैशाख २०७६, १५ : २४
सोमबार, १६ वैशाख २०७६

काठमाडौं–सेयर बजारमा आज १ अर्ब भन्दा बढीको कारोबार भएपनि नेप्से परिसूचकमा गिरावट आएको छ । बजार ४.२१ अंकले घटेको छ ।

सोमबारको कारोबारमा १७४ कम्पनी सामेल भएका छन् । बजार १३१०.३१ बिन्दुमा अडिएको छ ।  यसदिन निर्जिबन बिमा तर्फ १०२.४३ अंकको गिरावट आएको छ भने दोस्रोमा विकास बैंकको १४.३६ अंकको गिरावट आएको छ । बैंकिङ समुह, जलविद्युत, फाइनान्स र माइक्रोफाइनान्स समुह घटेको छ । 

यता, जीवन बिमा तर्फ भने १३०.७२ अंकले बढेको छ । उत्पादन तथा प्रशोधन तर्फ ९.७३ अंकले बढेको छ भने ट्रेडिङ, होटल र अन्य समुहमा पनि बढोत्तरी भएको छ । 

आज सबैभन्दा बढी नेपाल लाइफ इन्सुरेन्सको कारोबार भएको छ । यसको १४ करोड ६९ लाख ८२ हजार ४ सय ८८ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दोस्रो बढी कारोबार हुनेमा नेपाल बैंकरहेको छ । नेपाल बैंकको ११ करोड २९ लाख बराबरको सेयर कारोकार भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप