लिखु गाउँपालिकामा मोतियाबिन्दुको अपरेशनसहितको निःशुल्क आँखाशिविर सुरु
लिखु – नुवाकोटको लिखु गाउँपालिकामा आजदेखि ३ दिने पालिका स्तरीय निःशुल्क आँखा शिविर सुरु भएको छ ।
लिखु गाउँपालिकाको आयोजना र लायन्स क्लब अफ काठमाडौं कञ्चनजङ्गा, लायन्स क्लब अफ मकालु ब्रक्ली, लायन्स क्लब सान्तरोजाको सहयोग तथा नेपाल आँखा अस्पतालको प्राबिधिक सहयोगमा सञ्चालित मोतियाबिन्दुको अपरेशनसहितको बृहत निःशुल्क आँखा शिविर कार्यक्रमको उद्घाट्न नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरशिंह केसीले गरेका हुन् ।
लिखु गाउँपालिका–४ चौघडामा सञ्चालन भएको शिबिर उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै केसीले स्वास्थ्य जनताको घरदैलोसम्म जन पहुँचमा पुर्याउन सरकारी तहबाट ध्यान दिनुपर्ने कुरामा जोड दिँदै नितिगत निर्णयले मात्र जनपहुँचमा नपुग्ने भन्दै व्यवहारिक रुपमा स्थानीय तहसम्म पुर्याउन सरकारी अनुगमन र व्यवहारिक कार्यान्वयन आजको आवश्यकता रहेको बताए ।
फरक प्रसंगमा केसीले वर्तमान सरकारले बहुमतको दुरुपयोग गर्दै कर्म भन्दा पनि गफ दिनमा व्यस्त रहेको भन्दै जनताको मतको दुरुपयोग गर्दै भ्रष्ट र दलाल हरुको चगुलमा नेपाल सरकार फसेको उल्लेख गरे ।
सो कार्यक्रममा काङ्ग्रेस जिल्ला सभापति जगदीश्वर नरशिंह केसी, गाउँपालिका प्रमुख ध्रुब श्रेष्ठ, विद्यार्थी नेता सशील भट्ट, जिभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयबासीको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आप्रवासी कामदारका सम्बन्धमा २०२२ को विश्वकप अघिकै अवस्थामा फर्कियो कतार
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
-
राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताबाट लोकतन्त्र दिवसको उपहास, शुभकामना दिनै कन्जुस्याइँ !
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’