शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएन अमेरिकाको चुनाव रोक्न माग गर्दै मुद्दा

बुधबार, १८ वैशाख २०७६, १० : २२
बुधबार, १८ वैशाख २०७६

 डिसी –आगामी मे १८ र १९ मा तय भएको एनआरएन अमेरिकाको चुनाव स्थगित गर्न माग गर्दै अदालतमा मुद्दा दायर भएको छ । 

बाल्टिमोर निवासी तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको पूर्व उपाध्यक्ष रविना थापा तथा व्यवसायी तथा समाजसेवी नारायण थापाले अमेरिकाको टेनेसी राज्यमा मुद्धा दायर गरेका हुन् । 

उनीहरुले निर्वाचन समितिका प्रमुख बिश्व बराललाई अयोग्य ठहर गर्न पनि माग गरेका छन् । मुद्धाको सुनुवाई मे १३ मा हुने छ ।

चुनावमा बिश्व बराल, भुवन गुरुङ,अन्जन श्रेष्ठ ,गौरी जोशी र अध्यक्ष केशव पौडेल लगायत सन् २०१७ का निर्वाचन समितिका प्रमुखलाई प्रतिवादी बनाइएको छ । 

एनआरएनको चुनाव रोक्नु पर्ने ,एनआरएन अमेरिकाको साधारण सभा ३० दिन भित्र बोलाउनु पर्ने र नयाँ निर्वाचन प्रमुख नियुक्त गरेर मात्र निर्वाचन गराउन आदेश दिन समेत माग गरिएको छ । 

आसन्न निर्वाचनको लागि उम्मेदारहरुका  प्रचार प्रसारमा लागिपरेको बेला अदालतमा मुद्दा दायर भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप