शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्हीनन्दन गाउँपालिकाका प्रमुख भन्छन्–हामी नयाँ गाडीको नयाँ ड्राइभर, गाह्रो त हुन्छ

बुधबार, १८ वैशाख २०७६, १० : ४६
बुधबार, १८ वैशाख २०७६

नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष हुन् बैजु प्रसाद गुप्ता । उनले तत्कालीन नेकपा माओवादीबाट उम्मेदवारी दिएका थिए र, ४,६६० मत ल्याएर विजयी भएका थिए । उनै गुप्तासँग रातोपाटीले ‘जनप्रतिनिधि संवाद’ स्तम्भका लागि परेको कुराकानीको सम्पादित अंशः

१. तपाईँले आफ्नो गाउँपालिकामा कस्ता कामलाई प्राथमिकतामा राखेर काम गरिरहनु भएको छ ? 
हामीले गाउँपालिकामा शिक्षा, स्वास्थ र कृषिलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । ‘मान्छे शिक्षित भयो भने सोच बदलिन्छ र सोच बदलियो भने विकास हुन्छ’ भन्ने कुरालाई ध्यानमा राखेर कामलाई अगाडि बढाइरहेका छौँ ।  आधारभूत कुराहरु शिक्षा, स्वास्थ्य र कृषि नै स्थानीय तहको पहिलो आवश्यकता हो ।  त्यसपछि बाटो र पूर्वाधार विकासका कुरालाई अगाडि बढाउने हो । हामीले गाउँपालिकाको नयाँ भवन निर्माण गरिरहेका छौँ । भवन निर्माणको काम ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । 

शिक्षामा सुधार ल्याउनको लागि विद्यालय जानबाट बन्चित भएका विद्यार्थीहरुलाई विद्यालयमा ल्याउने, आर्थिक रुपमा कमजोर विद्यार्थीहरुलाई पठनपाठनको लागि आवश्यक सामाग्री जस्तै, किताव, झोला, विद्यायलको पोसाक दिने कार्यक्रम भइरहेको छ । 

त्यसैगरी, कृषिमा महिला तथा पुरुषलाई लक्षित ५÷५ सय जनालाई गरेर बिउबिजन बाँड्ने काम भइरहेको छ । आफ्नै करेसाबारीमा उत्पादन गरेका ताजा तरकारी खानको लागि प्रेरणा दिने काम भइरहेको छ । त्यसैगरी, कृषकहरुलाई धारा, बोरिङ ३०० जनालाई बाँड्ने योजनामा छौँ । 
बाटो, मन्दिर, मस्जिद बनाइरहेका छौँ । 

 
२. स्थानीय तह र प्रदेशबीचको समन्वय कसरी गरिरहनु भएको छ ?
प्रदेश र स्थानीय तहबीच राम्रो सहकार्य भइरहेको छ । प्रदेशले सव–वे बनाइदिने, २ वटा बाटोहरु बनाइदिने काम गरिरहेको छ । त्यसैगरी कृषिको लागि पम्पसेट बाँड्नको लागि प्रदेशले १५ लाख छुट्याएको छ । स्वास्थ्य शिविर बनाइदिने आदि क्षेत्रमा सहयोग गरिरहेको छ । 

३. स्थानीय तहका मुख्य समस्या के–के हुन् ?
सार्वजनिक काम गर्दा धेरै समस्याहरु झेल्नुपरेको छ । सार्वजनिक काम सुरु गर्दै गर्दा विपक्षीले अदालतमा मुद्दा हाल्छ र रुकावट पैदा गरिदिन्छ । साथै, जनशक्ति पनि कम छ । जसले गर्दा पनि काम गर्न गाह्रो भइरहेको छ ।

४. स्थानीय तहमा बेरुजु धेरै देखिएको छ । यस्तो किन भइरहेको छ ?
हाम्रो यो गाउँपालिकामा ७६ लाख बेरुजु देखिएको छ । हामी नयाँ गाडीको नयाँ ड्राइभर । हाम्रा लागि संघीयता पनि नयाँ भएकाले हामीलाई रकम बाँडफाँड गर्न गाह्रो त भइरहेको छ । 

५. तपाईँले नेतृत्व गरेको स्थानीय तहलाई अरुभन्दा फरक र नमुना बनाउन के कस्ता योजना अघि सार्नुभएको छ र कसरी काम भइरहेका छन् ?
यो क्षेत्र मधेश क्षेत्र र बोर्डर क्षेत्र भएकाले यहाँ काम गर्नको लागि चुनौतीको धेरै सामना गर्नुपर्छ । त्यसैले, हामीले सोच परिवर्तन गर्नुपर्छ । त्यसैले हामीले ‘सोच परिवर्तन गरौँ, पाल्हीनन्दन गाउँपालिकाको विकास गरौँ’ भन्ने नारा लिएर अगाडि बढेका छौँ । हाम्रो गाउँघरमा विद्यालयमा गएर पढ्न हुँदैन भन्ने धारणा छ त्यसैले बालबालिकालाई विद्यालयमा ल्याएर उनीहरुलाई आफ्नो अभिभावकलाई सकारात्मक कुरामा सिकाउँनुपर्छ भन्ने धारणाको विकास गरिरहेका छौँ । त्यसैगरी, कृषि, तालिम तथा अन्य आम्दानीको स्रोत पत्ता लगाएर आत्मनिर्भर हुनुपर्छ भन्ने धारणाको विकास गराइरहेका छौँ । एउटा वडाको तीन ठाउँमा 
महिला दिदीबहिनीहरुलाई सिलाई–कटाई, चुरा बनाउने , कपडामा बुट्टा भर्ने, ड्राइभर, ब्युटिसियन  जस्ता तालिमहरु दिदैँ आएका छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप