शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

शुक्रबार, २० वैशाख २०७६, ०८ : ३५
शुक्रबार, २० वैशाख २०७६

काठमाडौँ – सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संघीय संसद भवन बानेश्वरमा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट अपरान्ह ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई राष्ट्रपति भण्डारीले वाचन गर्ने कार्यक्रम रहेको छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु उपस्थित हुनेछन् । 

बैठक संघीय संसदका सभामुख कृष्णबहादुर महराले सञ्चालन गर्नेछन् । यही नीति तथा कार्यक्रमका आधारमा सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट प्रस्तुत गर्नेछ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप