शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रममन्त्रीकै गाउँमा बेरोजगारको संख्या बढी !

शनिबार, २१ वैशाख २०७६, १३ : ०५
शनिबार, २१ वैशाख २०७६

बुटवल । चैत १ गतेदेखि चैत मसान्तसम्म खुल्ला गरिएको बेरोजगारहरुले रोजगारीका लागि निवेदन  दिने प्रकृयाको म्याद फेरि बैशाख १ गते देखि वैशाख मसान्त सम्मका लागि थप गरिएको छ ।
    म्याद थप भएपछि पनि  गुल्मीका  प्रति स्थानीय तहमा ५ जनादेखि १५जना सम्म बेरोजगारहरुको रोजगारीका लागि निवेदन दिएका छन् । 

चैत्र १  गते देखि चैत्र मसान्तसम्म गुल्मीमा कुल १२ हजार  ७ सय ५८ जना बेरोजगारहरुले रोजगारीका लागि निवेदन दिएका छन् ।  जिल्लाका दुई वटा निर्वाचन क्षेत्रमध्य श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टको निर्वाचन क्षेत्र २ मा क्षेत्र नम्वर १ मा भन्दा बढी बेरोजगार युवाहरुले रोजगारीको लागि निवेदन दिएको तथ्यांकले देखाएको छ । 
 

   त्यति मात्र होइन जिल्लाका ९३ वटा वडामध्य मन्त्री विष्टकै वडा इश्मा गाउँपालिका ४  मा सबै भन्दा बढी बेरोजगारले रोजगारीका लागि निवेदन दिएका छन् ।

  चैत्र मसान्तसम्मको विवरण अनुसार  क्षेत्र नम्वर २ को मदाने गाउँपालिका जिल्लाका १२ वटा स्थानीय तहमध्य सबै भन्दा  बढी  बेरोजगारहरु भएको स्थानीय तहमा परेको छ । त्यसपछि मालिका र इस्मा गाउँपालिका क्रमशः  बढी बेरोजगार भएको गाउँपालिकामा परेको छ । सबै भन्दा कम बेरोजगार भएको चन्द्रकोट र मुसिकोट नगरपालिका परेको छ ।  

क्षेत्र नम्वर १ मा ५७२९ बेरोजगार
   क्षेत्र नम्वर १ को वडागत तथ्याङक तयार भइनसकेकाले त्यस नगरपालिका बाहेक कालीगण्डकी, चन्द्रकोट, सत्यवती रुरु , छत्रकोट र गुल्मीदरवार गाउँपालिकामा गरि त्यस क्षेत्रमा चैत्र मसान्त सम्म ५ हजार ७ सय २९ जना बेरोजगारहरुले रोजगारी पाउँ भनि निवेदन दिएका छन् ।

जसमध्य कालिगण्डकी गाउँपालिकामा कुल १ हजारको संख्यामा रोजगारीका लागि निवेदन परेको गाउँपालिका प्रमुख वेद थापा मगरले बताए । वडागत तथ्याङ्क  तयार भइनसकेको उनले जानकारी दिए ।
  चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीका अनुसार त्यस गाउँपालिकामा कुल ३ सय  ५९ जनाले रोजगारीका लागि निवेदन दिएका छन् ।  वडा नम्वर १ बाट जम्मा ३ जनाले निवेदन दिएका छन् ।

  वडा नम्वर २ बाट ३० जनाले , वडा नम्वर ३ बाट ४२ जनाले , वडा नम्वर ४ बाट ३५ जनाले , वडा नम्वर ५ बाट ५ जनाले , वडा नम्वर ६ बाट ७५ जनाले , वडा नम्वर ७ बाट ६५ जनाले र वडा नम्वर ८ बाट १४ जनाले निवदेन दिएका छन् ।

 सत्यवती गाउँपालिकामा कुल १३ सय ७९ जनाले रोजगारीका लागि निवेदन दिएका छन् ।  रोजगार संयोजक विश्व थापाका अनुसार वडा नम्वर १ बाट ४९ जनाले रोजगारीका लागि निवेदन दिएका छन् ।
  वडा नम्वर  २ बाट  १ सय ५६ जनाले , वडा नम्वर ३ बाट ४ सय २५ जनाले, वडा नम्वर ४ बाट १ सय ७ जनाले , वडा  नम्वर ५ बाट २ सय १७ जनाले वडा नम्वर ६ बाट २ सय २७ जनाले वडा नम्वर ७ बाट १ सय ७२ जना र वडा नम्वर ८ बाट जम्मा १७ जनाले रोजगारीका लागि निवेदन दिएका छन् ।

   रोजगारीका लागि कम निवेदन दिने  वडा नम्वर ८  लाहुरेहरुको गाउँ भनेर चिनिने भार्से गाउँ हो ।  जहाँ ब्रिटीशदेखि, इन्डियन आर्मी र नेपाल आर्मीका जर्नेलसम्मको बसाइ रहेको छ ।   
 
   रुरु गाउँपालिकामा कुल १३ सय ५७ जनाले रोजगारीका लागि निवेदन दिएका छन् । त्यस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीका अनुसार वडा नम्वर १ बाट २ सय ४२ जनाले निवेदन दिएका छन् ।

   वडा नम्वर २ बाट ७६ जनाले, वडा नम्वर ३ बाट ३ सय ७९ जनाले, वडा नम्वर ४ बाट ४ सय ८७ जनाले, वडा नम्वर ५ बाट ७४ जनाले, वडा नम्वर ६ बाट ९४ जना र वडा नम्वर ७ बाट ३१  जनाले निवेदन दिएका छन् । 

   छत्रकोट गाउँपालिकामा कुल कुल ११ सय १३ जनाले रोजगारीका लागि निवेदन दिएका छन् । रोजगार संयोजक  शिव अर्यालका अनुसार वडा नम्वर १ बाट  ३० जनाले  वडा नम्वर २ बाट ८७ जनाले , वडा नम्वर ३ बट ६२ जनाले   निवेदन दिएका छन् ।
   वडा नम्वर ४ बाट १ सय ५० जनाले , वडा नम्वर ५ बाट १ सय  ४५ जनाले र  वडा नम्वर ६ बाट ३ सय ३९ जनाले रोजगारीका लागि निवेदन दिएका छन् ।
 
  गुल्मी दरवार गाउँपालिकामा कुल ५ सय २१ जनाले रोजगारीका लागि निवेदन दिएका छन् । 

गाउँपालिकाका रोजगाार संयोजक निर्मला पाण्डेका अनुसार वडा नम्वर १ बाट २१ जनाले , वडा २ बाट ५६ जनाले , वडा ३ बाट ७५ जनाले , वडा ४ बाट १ सय ७० जनाले, वडा ५ बाट ७४ जनाले , वडा ६ बाट ९४ जनाले र वडा नम्वर ७  बाट ३१ रोजगारीका लागि निवेदन दिएका छन् ।

   क्षेत्र नम्वर १ र २  भित्र पर्ने  सदरमुकाममा  रहेको रेसुङ्गा नगरपालिकाको  १४  वटा वडामध्ये  वडा नम्वर १ देखिदेखि  वडा नम्वर ६  सम्मका ६  वटा वडा क्षेत्र नम्वर २  मा पर्दछन् ।
   उक्त नगरपालिकामा कुल ११ सय  ६३ जनाले रोजगारीका लागि निवेदन दिए पनि वडागत तथ्याङ्क तयार नपारिएको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासीनले बताए ।

 क्षेत्र नम्वर २ मा ७०३९ जना बेरोजगार
 क्षेत्र नम्वर २ अन्तर्गत रेसुङ्गा नगरपालिका भित्रका ६ वटा वडा वाहेक पनि त्यस क्षेत्रमा बेरोजगारीको संख्या क्षेत्र नम्वर १ मा भन्दा झण्डै २ हजार जना बढी रहेका छन् । त्यस क्षेत्रमा हाल सम्म ७ हजार ३९ जना बेरोजगारहरुले रोजगारीका लागि निवेदन दिएका छन् ।

मुसिकोट नगरपालिकामा कुल ४ सय ६५ जना बेरोजगारहरुले रोजगारीका लागि निवेदन दिएको त्यस नगरकी रोजगार संयोजक दयाश्री वस्यालले जानकारी दिइन् ।

  उनका अनुसार वडा नम्वर १ बाट ७० जनाले , २ बाट २५ जनाले , ३ बाट ३१  ज्जनाले, ४ बाट ३४ जनाले ५ बाट ७३ जनाले ६ बाट ४४ जनाले रोजगारीका लागि निवेदन दिएका छन् ।
   त्यस्तै वडा नम्वर ७ बाट ३६ जनाले, वडा नम्वर ८ बाट १५ र वडा नम्वर ९ बाट ७७ जनाले निवेदन दिएका छन् । त्यस नगरपालिका आफैले रोजगारी र स्वरोजगारी सिर्जना गरेकोले निवेदन दिनेको संख्या कम देखिएको छ  ।

  अघिल्लो बर्ष स्वरोजगारी सहित ५ सय जनालाई रोजगारी दिईएको र यस चालु आर्थिक बर्षमा  थप ५ सय जनालाई रोजगारी दिने लक्ष्य लिईएको नगरप्रमुख सोमनाथ सापकोटाले बताएका छन् ।

    पछिल्लो पटक त्यस नगरपालिकामा एकै दिन ९० जना सडक मर्मत कामदार ( लेन्थ वर्कर )  लाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले नियुक्ति पत्र दिएका छन् । उनीहरुले  प्रतिव्यक्ति १३ हजार ५ सयका दरले मासिक तलव खाने भएका छन् ।

 इस्मा गाउँपालिकामा कुल १५ सय ६९ जनाले रोजगारीका लागि निवेदन दिएको त्यहाँका रोजगार संयोजक गणेश कुँवरले जानकारी दिए  । उनले दिएको विवरण अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको घर रहेको वडा नम्वर ४ को साविक दोहली गाविस जिल्लाका ९३ वडा मध्ये सबै भन्दा बढी बेरोजगार भई रोजगारीका लागि निवेदन दिनेहरुको संख्या रहेको छ ।

  वडामा ६ सय ४३ जनाले रोजगारीका लागि निवेदन दिएको संयोजक कुँवरले बताए । उनका अनुसार वडा नम्वर १ मा १ सय ५ जनाले , वडा नम्वर २ मा ६५ जनाले,  वडा नम्वर ३ मा ४ सय जनाले , वडा नम्वर ५ मा १ सय ७५ जनाले र वडा नम्वर ६ मा १ सय ७९ जनाले निवेदन दिएका छन् ।

  यसरी बेरोजगारहरुको संख्या बढ्नुको कारण अन्यत्र  भन्दा बेरोजगार बढी त्यस वडामा नभई आफुहरुले व्यापक प्रचार प्रसार गरेको र टोलटोलमा पुगेर रोजगारीका लागि निवेदन भरिएका कारण निवेदन दिनेको संख्या आफ्नो वडामा बढि भएको दावी वडाध्यक्ष गनुप्रसाद अधिकारीले गरे ।

   इस्मा गाउँपालिका वडा नम्वर ४ की कम्युटर अपरेटर कमला खनालका अनुसार सो वडाको विकट गाउँ कोटकटेरी, न्वाँला र ढाँडा टोलमा बेरोजगारको संख्या बढि देखिएका छन् । उनका अनुसार बढी मात्रामा गरिवीको रेखामुनी पनि ती गाउँका मानिसहरु रहेका छन् ।
 

 मालिका गाउँपालिकामा कुल १९ सय ३६ जनाले रोजगारीका लागि निवेदन दिएको त्यहाँका रोजगार संयोजक खेमराज गैरेले जानकारी दिए । उनका अनुसार वडा नम्वर १ मा १ सय ५२ जनाले निवेदन दिएका छन् । वडा नम्वर २ मा ३ सय ६० जनाले , वडा नम्वर ३ मा २ सय ५० जनाले , वडा नम्वर  ४ मा २ सय ४ जनाले , वडा नम्वर ५ मा २ सय ३९ जनाले , वडा नम्वर ६ मा २ सय २८ जनाले , वडा नमम्वर ७ मा ३ सय १५ जनाले र वडा नम्वर ८ मा १सय ८५ जनाले रोजगारीका लागि निवेदन दिएका छन् ।

मदाने गाउँपालिका जिल्लामै सबैभन्दा बढी बेरोजगार हुने स्थानीय तहका रुपमा निवेदन दिनेहरुको संख्याले देखाएको छ । गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण रायमाझीका अनुसार त्यस गाउँपालिकामा कुल २१ सय ६ जनाले रोजगारीका लागि निवेदन दिएका छन । उनका अनुसार वडा नम्वर १ बाट ८ सय २० जनाले निवेदन दिएका छन् ।
 
ती मध्ये वडा नम्वर १ बाट  ८ सय २० जनाले निवेदन दिएका छन । वडा नम्वर २ बाट २ मा २ सय ९३ जना, वडा नम्वर ३ बाट १ सय ७१  जनाले , वडा नम्वर ४ बाट २ सय २ जनाले निवेदन दिएका छन् ।
  वडा नम्व ५ बाट २ सय ५ जनाले , वडा नम्वर ६ बाट १ सय ५ जना र वडा नम्वर ७ बाट ३ सय १० जनाले निवेदन दिएका छन् । धुर्कोट गाउँपालिकामा कुल ९सय ६३ जनाले रोजगारीका लागि निवेदन दिएको त्यस गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण फुृल्देलले जानकारी दिए ।

  उनका अनुसार वडा नम्वर १ बाट ४० जनाले , वडा  नम्वर २ बाट ८० जनाले, वडा नम्वर ३ बाट १८ जनाले वडा नम्वर ४ बाट ३५ जनाले , वडा नम्वर ५ बाट १ सय २० जनाले वडा नम्वर ६ बाट ५० जनाले र वडा नम्वर ७ बाट ६ सय २० जनाले रोजगारीका लागि निवेदन दिएका छन् ।

सो वडा साविकको वाग्ला गाविस हो । जुन स्थान बढी शिक्षितहरु रहेको वडाका रुपमा गनिन्छ । गाउँपालिकामा रोजगार संयोजक नआएकोले चैत्र मसान्त सम्मका निवेदकहरुको विवरण समेत मन्त्रालय पठाउन नसकिएको गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए ।

   वैशाख १ गते देखि वैशाख मशान्त सम्म सरकारले थपेको म्याद भित्र हरेक वडाका बेरोजगारहरु रोजगारीका लागि  आ–आफ्नो वडा कार्यालयमा रोजगारीका लागि निवेदन दिनका लागि हरेक स्थानिय तहले आह्वान गरेका छन् ।  एकाघरमा कुनै सरकारी जागिरे, दर्ता भएका व्यवसाय सञ्चालकले बेरोजगारीको निवेदन भर्न पाउने छैनन् ।
 

 श्रीमान पेन्सनवाला भएका श्रीमति, जागिरेका श्रीमति वा श्रीमान, एकाघरका जागिरे भए पनि बेरोजगारको सूचीमा उनका परिवार पर्न सक्छन् ।  तर पहिलो प्राथामिकता  सबै भन्दा गरिव , घरमा कोही जागिरे  नभएको र आयश्रोतको माध्यम केही नभएकाहरु पर्ने इस्मा गाउँपालिका–४ का वडाध्यक्ष गुनप्रसाद अधिकारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप