शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीयवासीको साहारा बुलबुले ताल : मोटरसाइकलमा खानेपानीको जोहो गर्दै

शनिबार, २१ वैशाख २०७६, १७ : १४
शनिबार, २१ वैशाख २०७६

सुर्खेत । मोटरसाइकलमा जार, बोतल, गाग्री, ग्यालिन र ड्रम लिएर यहाँका बासिन्दा बुलबुले तालबाट खानेपानीको जोहो गर्न थालेका छन् । खडेरीकै कारण तालको पानीसमेत घटेको छ । 

नुहाउने, कपडा धुने, खानेपानी ल्याउनेको भीडले बुलबुले तालमा दैनिक मानिसको मेला लागेजस्तै हुन्छ । पानीको सङ्कट समधान गर्न यहाँ बसोबास गर्ने बासिन्दाका लागि बुलबुले मुख्य साहारा भएको छ ।

राजधानीजस्तो शहरमा पानी नआउँदा शौच गर्न, हातमुख धुन र सरसफाइ गर्न समस्या भएकाले शौचालयसहित यहाँको वरिपरिको वातावरण दुर्गन्धित बन्दै गएको स्थानीयवासी आनन्द विष्टले गुनासो गरे ।

सुर्खेतकै चिसापानीस्थित ढुङ्गेधारामा पनि पानी भर्नेको दैनिक लाइन लाग्ने गर्दछ । यहाँका बासिन्दाले पानी भर्न पाउँदा युद्ध जितेको महसुस गर्न थालेका छन् । 

स्थानीय समाजसेवी नन्दबहादुर भण्डारीले भने, ‘पानीमा विश्वको दोस्रो धनी देश भनिएको नेपालमा बस्ने नेपाली पानीकै तिर्खाले व्याकुल हुनु निकै ठूलो बिडम्बना हो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप