बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सेयर बजारमा  १६.७१ अंकको गिरावट

आइतबार, २२ वैशाख २०७६, १६ : ३०
आइतबार, २२ वैशाख २०७६

काठमाडाैं-साताको पहिलो दिन आइतबार सेयर बजारमा १६.७१ अंकको गिरावट आउँदा ६५ करोड ३ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ  । कारोबारमा १७५ कमपनी आएका थिए । आज उत्पादन तथा प्रशोधन र अन्य समुह बाहेक सबैमा गिरावट आएको छ । उत्पादन तथा प्रशोधन २०.८ अंकले बढेको छ भने अन्य समुहमा १.१२ अंकको बढोत्तरी छ । 

सबैभन्दा बढी जिवन बिमा १२७.०२ अंकले घटेको छ भने जलविद्युत समुहतर्फ ५३.८८ अंकको गिरावट छ । लघुवित्त समुह २५.८७ अंकले घटेको छ भने नीर्जिवन बिमा तर्फ २४.७३ अंकको गिरावट छ । बाणिज्य बैंक, होटल, विकास बैक, फाइनान्स समुह घटेको छ । 

बजार घट्दा पनि सबैभन्दा बढी कारोबार भने नेपाल बैंकको भएको छ । नेपाल बैकको ६ करोड २८ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसपछि प्रभु बैंक र शिवम सिमेन्टको कारोबार बढी भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप