बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

साताको सेयर : २ अर्ब ४६ करोड भन्दा बढीको कारोवार

शुक्रबार, ०२ असार २०७४, १५ : ०३
शुक्रबार, ०२ असार २०७४

काठमाडौं– यो साता नेपालको पूँजी बजार निक्कै उत्तरचढावमा रहयो । दोस्रो चरणको निर्वाचनलाई लिएर तराई–मधेशमा सुरु भएको आन्दोलन र असार १४ मा हुने भनिएको यो निर्वाचनको अन्योलताले गर्दा बजार प्रभावित वनेको हो । 


तराई–मधेशमा आन्दोलन सुरु भएपछि दोस्रो चरणको चुनाव हुने नहुने भन्नेमा निक्कै शंका उपशंकाहरु उव्जिए । सोही कारण सेयर लगानीकर्तामा पनि अन्योलता छाएको पाइएको छ । यो साता कूल २ अर्ब ४६ करोड २७ लाख रुपैयाँ वरावरको सेयर खरिद विक्रि भएको छ । यो साता पहिलो दिननै बजार २५ अंकले झरेर एह जार ५ सय ९० दशमलव ४९ को विन्दुमा आइपुग्यो । एक सय ४६ कम्पनीको ११ लाख कित्ता सेयर खरिद विक्रि भएको यो दिन ७१ करोड बराबरको सेयर कारोवार भएको छ । 


बैंकिङ समूहको सूचक २५ दशमलव ४३, विकास बैंक समूहको सूचक २० दशमलव १, लविद्युत समूहको सूचक ४५ दशमलव ९३, फाइनान्स समूहको सूचक ७ दशमलव ५२, बीमा समूहको सूचक १३८ दशमलव ३३ र अन्य समूहको सूचक १३ दशमलव ०२ अंकले झेको थियो । आइतबार होटल समूहको सूचक ३० दशमलव ६८ र उत्पादमुलक समूहको सूचक भने १९.०६ अंकले वढेको थिए । 


यस्तै, साताको दोस्रो दिन सोमबार पूँजी बजार ९ दशमलव ९७ अंकले ओर्लिएको थियो । यो गिरावटसँगै बजार एक हजार ५ सय ८० दशमलव ५२ अंकमा झरेर रोकिएको थियो । एक सय ३८ कम्पनीको ७ लाख ९८ हजार ६ सय १३ कित्ता सेयर खरिद विक्रि भएको सोमबार ४९ करोड ८८ लाख ९६ हजार २३ सय ५४ रुपैयाँको कारोवार भएको थियो । 


साताको तेस्रो दिन भने बजार ४ दशमलव ६३ अंकले बढेको थियो । यो वृद्धिसँगै बजार एक हजार ५ सय ८५ दशमलव १५ अंकमा उक्लिएको थियो । एक सय ४३ कम्पनीको ९ लाख १८ हजार ३ सय ४८ कित्ता सेयर किनवेच भएको बजारमा ४९ करोड २ लाख ७५ हजार ७ सय १० रुपैयाँको कारोवार भएको थियो । 


उत्पादनमुलक समूह बाहेक अन्य सवै समूहको सूचक हरियो भएको यो दिन बैकिङ समूहको सूचक ३ दशमलव ६३, होटल समूहको सूचक १७ दशमलव ७९, विकास बैंक समूहको सूचक २ दशमलव ०७ अंकले वढेका थिए । यस्तै, जलविद्युत समूहको सूचक १३ दशमलव ३२ अंकले वढेको थियो भने फाइनान्स समूहको सूचक १ दशमलव ४४, बीमा समूहको सूचक १४ दशमलव ६९ र अन्य समूहको सूचक ८ दशमलव १ अंकले बढेको थियो । 


बुधबार भने बजार झिनो अंकले घटेको थियो । यो दिन बजार ० दशमलव ६६ अंकले घटेको थियो । एक सय ४८ कम्पनीको ९ लाख ४८ हजार ८ सय ४ कित्ता सेयर खरिद विक्रि भएको यो दिन ५८ करोड ८१ लाख ९ हजार ६ सय ६ रुपैयाँको कारोवार भएको थियो । 


कारोवारका हिसावले साताको अन्तिम दिन बिहिबार भने पूँजी बजार ५ दशमलव १० अंकले बढेको थियो । यो वृद्धि पछि बजार एक हजार ५ सय ८९ दशमलव ५९ अंकमा पुगेको छ । एक सय ५१ कम्पनीको ११ लाख १८ हजार ७ सय ५९ कित्ता सेयर किनवेच भएको बिहीबार ६७ करोड ३८ लाख ६८ हजार ३२ रुपैयाँको कारोवार भएको थियो । 


बैकिङ समूहको सूचक ५ दशमलव ५७ अंकले वढेको थियो भने होटल समूहको सूचक १९ दशमलव ८८, विकास बैंक समूहको सूचक ११ दशमलव ४५, जलविद्युत समूहको सूचक १ दशमलव ४४, फाइनान्स समूहको सूचक ३ दशमलव ४१, वीमा समूहको सूचक ११ दशमलव ३४ र उत्पादनमुलक समूहको सूचक ८ दशमलव १८ अंकले वढेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप