बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–भारत सीमा क्षेत्रको जमुनहा नाका आजबाट सञ्चालन हुने

सोमबार, २३ वैशाख २०७६, १० : ३९
सोमबार, २३ वैशाख २०७६

नेपालगञ्ज – भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका कारण तीन दिनअघि बन्द गरिएको बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको जमुनहा नाका आज साँझ ६ बजेदेखि खुल्ने भएको छ । 

तीन दिनअघि वैशाख २१ गते साँझ ६ बजेदेखि नाका बन्द हुँदा नेपालगञ्जको जमुनाहबाट रुपैडिहा हुँदै भारततर्फ जाने सर्वसाधारण, मालबाहक सवारीका साधन अहिले सीमा क्षेत्रमै थन्किएका छन् । 

भारतबाट औषधि उपचारका लागि गएका र रोजगारीबाट फर्किएका नेपालीलाई पैदल हिँडेर आउन दिइए पनि आज निर्वाचनको दिन पूर्णरुपमा आवागमन ठप्प हुने भारतीय सुरक्षा निकायले जनाएको छ ।

भारतको उत्तर प्रदेशमा वैशाख २३ गते हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा समन्वय समितिको संयुक्त बैठकले शनिबार साँझ ६ बजेदेखि सोमबार २३ गते साँझ ६ बजेसम्म बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका बन्द हुने सहमति गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप