शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चोरी गर्ने समूहको आक्रमणबाट वृद्ध दम्पती घाइते

बुधबार, २५ वैशाख २०७६, १३ : २७
बुधबार, २५ वैशाख २०७६

चितवन– पूर्वी चितवनको राप्तीमा आज बिहान एक समूहले चोरी गर्ने क्रममा कुटपिट गर्दा वृद्ध दम्पती घाइते भएका छन् । उनीहरुको साथबाट चोरी गर्ने समूहले गरगहना लुटेर लगेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राप्ती नगरपालिका–७ बस्ने ७६ वर्षीय ओम शर्मा पोखरेलको घरमा आज बिहान करीब २ बजे दुई जनाको समूहले मास्क लगाएर चोरी गर्ने क्रममा पोखरेल दम्पतीलाई आक्रमण गरेको हो । सो क्रममा पोखरेल र श्रीमती ६५ वर्षीया मनरुपा घाइते भएका छन् । 

उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । मनरुपाको कानको गहना लुट्ने क्रममा कानको लोती चुँडिएको जनाइएको छ । उहाँहरुको साथबाट रिङ् र सिक्री गरी करीब दुई तोला सुन लुटिएको प्रहरीले जनाएको छ । पोखरेल दम्पतीको अवस्था खतरामुक्त रहेको र चोरी गर्ने समूहको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी  प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जनाकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप