बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काभ्रेको देवीथान डाँडामा यसरी गरियो आपतकालीन अभ्यास (फोटोफिचर)

बुधबार, २५ वैशाख २०७६, १९ : ०९
बुधबार, २५ वैशाख २०७६

काभ्रे– स्थान काभ्रेको धुलिखेल नगरपालिकास्थित देवीथान डाँडा । एक्कासि सुरक्षाकर्मीहरुको दौडधुप चल्यो । हल्ला थियो,भर्खर विमान दुर्घटना भयो । त्यसका लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका जवान उद्धारका लागि दौडिए । नेपाली सेनाको हेलिकोप्टर पनि उद्धारका लागि तत्काल आइपुग्यो  । उनीहरु भन्दै थिए, तुम्लिङटारबाट काठमाडौं आउँदै गरेको ट्वीनअटर विमान दुर्घटनामा पर्यो । उनीहरुले तत्काल घाइतेहरुको उद्धार समेत गरे । तर त्यो दृष्य यथार्थ थिएन । 


दुर्घटना हुँदा आपतकालीन अवस्थामा तत्काल कसरी उद्धार गर्न सकिन्छ र त्यस्तो बेला प्रभावकारी काम कसरी गर्न सकिन्छ भन्ने पूर्वाअभ्यास थियो । नागरिक उड्ड्यन प्राधिकरणले यो पूर्वाअभ्यास प्रत्येक वर्ष गर्ने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप