केन्द्रीय संस्करण

प्रदेश नं ३ ले साझा यातायातमा लगानी गर्ने

person explore access_timeबैशाख २५, २०७६ chat_bubble_outline0

काठमाडौं-प्रदेश नं ३ सरकारले साझा यातायातमा शेयर लगानी गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ । 

सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य तालीम केन्द्र, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गत रहने १३ वटा स्वास्थ्य कार्यालयहरुको नेपाली तथा अङ्ग्रेजी नाम, साइनबोर्ड र छाप स्वीकृत गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...