बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सत्यमोहनको जन्मोत्सवमा राष्ट्रपति नजाने

बिहीबार, २६ वैशाख २०७६, १६ : २२
बिहीबार, २६ वैशाख २०७६

ललितपुर– ललितपुर महानगरपालिकाले संस्कृतविद् सत्यमोहन जोशीको जन्म दिनका आगामी वैशाख ३० गते महानगर अन्तर्गतका सबै कार्यालयहरूमा सार्वजनिक बिदा दिने भएको छ ।

जोशी वैशाख ३० गते ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्दैछन् ।

महानगरको दोस्रो नगरसभाको निर्णयले यही वैशाख ३० गते विदा दिने निर्णय गरेको हो । महोत्सवको पहिलो दिन जोशीलाई मंगलबजारबाट लगनखेल, जावलाखेल हुँदै सांस्कृतिक जन्मोत्सव र्‍याली गरी बाजागाजासहित नगरपरिक्रमा गराइने कार्यक्रम तय भएको छ । 

यसैवीच सो कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी समेत उपस्थित हुने भनिएपनि अन्तिम समयमा आएर राष्ट्रपति सहभागी नहुने भएकी छन् ।

 राष्ट्रपतिको कार्यव्यस्तताले कार्याक्रममा सहभागी हुन नसक्ने जानकारी आएको महानगरपालिकाले जनाएको छ । ‘राष्ट्रपति आउने भनेर कार्डमा समेत नाम राखेर छापियो तर अन्तिममा आउन नसक्ने भन्ने खवर आयो’ महानगरका एक कर्मचरीले रातोपाटीलाई बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप