शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भीभो कन्सेप्ट फोनः सुपर युनीबडी डिजाइनमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ टेक्नोलोजी

बिहीबार, २६ वैशाख २०७६, १६ : २५
बिहीबार, २६ वैशाख २०७६

काठमाडौं– भीभो नेपालले आफ्नो दोस्रो कन्सेप्ट स्मार्टफोन भीभो एपेक्स २०१९ नेपालमा प्रदर्शन गरेको छ । कम्पनीले पहिलो पटक नेपालमा सुपर युनीबडी डिजाइनमा रहेको एपेक्स २०१९ को मिडिया लन्च गरेको हो ।

इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ टेक्नोलोजी भिभोले पहिलो पटक इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ टेक्नोलोजी विकास गरेको छ । कम्पनीले हालसम्म १ करोड भन्दा बढी इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ स्मार्टफोनहरु बिक्री गरिसकेको छ ।

भीभो एपेक्समा भएको सुपर युनीबडी डिजाइनले स्मार्टफोनको डिस्प्लेलाई थप महत्व प्रदान गरेको छ । किनकी स्मार्टफोनको सबैभन्दा धेरै प्रयोग हुने र देखिने भनेकै डिस्प्ले हो । यो फोनको डिजाइनले गर्दा स्मार्टफोन समात्न सजिलो हुन्छ भने फोनसँग अन्तरक्रिया सजिलोसँग गर्न सकिन्छ ।

कम्पनीले यहि स्मार्टफोनको कन्सेप्टको आधारमा भीभो एक्स २० प्लस, भीभो एक्स२१, भीभो नेक्स, भीभो भी ११, नेक्स ड्यूल डिस्प्ले एडिसन र हालै नेपालमा सार्वजनिक गरिएको भी १५ सिरिजका स्मार्टफोनहरुमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ टेक्नोलोजी प्रयोग गरेको छ ।

यसमा राखिएको इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ टेक्नोलोजीद्वारा एक टचमा नै प्रयोगकर्ताले आफ्नो स्मार्टफोन अनलक गर्न सक्नुहुन्छ । त्यसको लागि प्रयोगकर्ताले आफ्नो हातको औंलाको फिंगरप्रिन्ट स्क्यान गरेर प्रयोग गर्नुपर्दछ ।

भीभो एपेक्समा फूलभ्यू डिस्प्लेको अनुभव प्रदान गर्नको लागि कम्पनीले बडी साउण्डकास्टिंग टेक्नोलोजीको प्रयोग गरेको छ । यसले गर्दा डिस्प्लेको भित्रबाट नै साउण्ड आउँछ र प्रयोगकर्ताहरुलाई भिडियो वा अडियो हेर्दा र सुन्दा उत्कृष्ट अनुभव हुन्छ ।

भीभो एपेक्सले चार्जिङ र डाटा ट्रान्सफरको क्षेत्रमा पनि आश्चार्यजनक परिवर्तन ल्याएको छ । कम्पनीले यसमा म्यागपोर्ट प्रविधि राखेको छ जसले गर्दा कनेक्टरलाई पोर्टको नजिक लग्दा आफैं जोडिने फीचर रहेको छ ।

डुप्लेक्स पिसीबी डिजाइन

शक्तिशाली फोनहरुमा पनि देखिने सिमित इन्टरनल स्पेसलाई एपेक्स २०१९ ले नयाँ समाधान दिएको छ । एपेक्स २०१९ मा सबै स्लटहरुलाई हटाउँदा यो ५जी प्रविधिको स्मार्टफोन बनेको छ । तर ५जी मोड्यूलको लागि निकै ठूलो स्पेस आवश्यकता पर्दछ । तर भीभो एपेक्स २०१९ ले यसलाई समाधान गरेर आन्तरिक स्पेसलाई खुला गर्दै यूनिबडी ५जी फोन बनेको छ ।

यो डुप्लेक्स पिसीबी डिजाइनले स्मार्टफोनको २० प्रतिशत स्पेसमा वृद्धि गर्दछ । यसका साथमा भीभोका इन्जिनियरहरुले अन्य जोखिमहरुलाई घटाउनुका साथै पावर र सिग्नललाई सुनिश्चितरुपमा एकिकृत गरेका छन् । यो डिजाइनले गर्दा समग्र मोड्यूलको मोटाईमा पनि ३० प्रतिशतले कमी ल्याउन सकिएको छ ।

लिक्विड कुलिंग टेक्नोलोजी

५जी फोनहरुले ४जी फोनहरुको तुलनामा २ देखि ४ गुणा अधिक पावर उपयोग गर्दछन्, जसले गर्दा फोन तात्ने समस्या देखापर्दछ । तर एपेक्स २०१९ ले यो चुनौतीलाई सहजै जवाफ दिएको छ र कम्पनीले लिक्विड कुलिंग टेक्नोलोजी ल्याएको छ ।

उच्च क्षमताको विकास गर्न फोनमा अल्मुनियम एलोए फ्रेम र मल्टि लेयर ग्राफिटे हिट रेडिएसन प्लेटको प्रयोग गरेको छ । एपेक्स २०१९ मा ठूलो साइजको भ्यापर चेम्बर प्लेट प्रयोग गरिएको छ । जतिबेला तापक्रम बढ्छ लिक्विडले हिटलाई समाहित गर्दछ, भने जतिबेला तापक्रम घट्द वाफ लिक्विडमा परिणत हुन्छ र हिटलाई छोड्छ ।

यो चक्र निरन्तर आफैं संचालन हुन्छ र फोनलाई तात्नबाट जोगाउँछ । एपेक्स २०१९ को भ्यापर चेम्बर यो उद्योगमध्येकै सबैभन्दा ठूलो हो । अन्य सामान्य हिट पाइपहरु भन्दा यसको हिट एरिया ४देखि ६ गुणा अधिक रहेको छ ।

सिएमएफ

भीभोले ‘लेस डिजाइन, मोर टेक्नोलोजी’ को दर्शनलाई पछ्याउँदै आएको छ । स्मार्टफोनको ग्लास ब्याक कभर कलरको लागि हामीले निकै साधारण र प्राकृतिक कलरको छ । क्वर्ज ह्वाइट कलरले ग्लासको प्राकृतिक पारदर्शितालाई प्रदर्शन गर्दछ ।

टाइटन सिल्भर र मेटिओर ग्रे कलरले उच्चतहको प्रविधिको अनुभूत गराउँछ । समग्रमा यसको लूक शुद्वता, प्राकृतिक र सामान्य देखिन्छ । भीभो एपेक्स २०१९ मा प्रयोग गरिएका प्रविधि तथा आविश्कारहरु अहिलेसम्मकै उच्च तहका छन ।

पावरफुल परफरमेन्स

एपेक्स २०१९ क्वालकम स्न्याप ड्रागन ८५५ प्लेटफर्ममा आधारित रहेको छ । जसमा अहिलेसम्मकै उच्च स्तरको र्याम र स्टोरेज रहेको छ । फोनमा १२ जीबी र्यामका साथमा २५६ जीबी स्टोरेज रहेको छ । यो यूजरको क्षेत्रबाट हेर्दा ५जी फोनको रुपमा नै रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप