शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनसेवी र स्वाभिमानको आइपिओ खुल्यो, कति पाइन्छ भर्न ?

शुक्रबार, २७ वैशाख २०७६, १२ : २४
शुक्रबार, २७ वैशाख २०७६

जनसेवी लघुवित्त वित्तिय संस्थाको आइपिओ बिक्री खुला भएको छ । कम्पनीले कुल ४ लाख ६३ हजार ३०० कित्ता सेयर बिक्री खुला गरेको हो ।

यसमध्ये २३ हजार १६५ कित्ता सेयर सामुहिक लगानीकोषका लागि र ७ हजार १४५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सेयर सर्वसाधारणले भर्न पाउनेछन् ।

यसमा १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गरेको छ । यसको आइपिओ वैशाख ३१ गतेसम्म भर्न सकिनेछ ।

यता स्वाभिमान माइक्रोफाइनान्स वित्तिय संस्थाको पनि आजैबाट आइपिओ बिक्रि खुला भएको छ । स्वाभिमानले १ लाख ८० हजार कित्ता आइपिओ बिक्रिमा ल्याएको हो ।

यसले कर्मचारीलाई ३ हजार ९३ कित्ता र सामुहिक लगानी कोषका लागि ९ हजार ९ सय ३० कित्ता छुट्याएको छ । बाँकी रेहको सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

स्वाभिमानको सेयर न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप