बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेलम्ची आयोजनाबारे प्रचण्डको गम्भिर खुलासा: स्वदेशकै अदृश्य शक्तिले काम हुन दिएनन् (भिडियो)

शुक्रबार, २७ वैशाख २०७६, १७ : ४८
शुक्रबार, २७ वैशाख २०७६

काठमाडौं– नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्ची खानेपानी आयोजना रोक्न नेपालभित्रकै अदृश्य शक्ति सक्रिय रहेको बताएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनले शुक्रबार गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केही मानिसले अझै २ वर्ष मेलम्चीको पानी ल्याउन दिन्नौँ भनेको प्रचण्डको दावी छ । 

उनले प्रधानमन्त्री, मन्त्रीले छिट्टै मेलम्चीको पानी काठमाडौं ल्याउन चाहेको कुरामा कुनै शंका नरहेको बताउँदै भने– ‘अहिले सरकारको तर्फबाट छिट्टै आउँछ भन्ने विश्वास गरिँदै गर्दा त्यसमा संलग्न केही मानिसहरुले मलाई अझै आउदैन भने । अझै दुई तनी वर्ष लाग्छ भने ।

मेलै यो कुरा प्रधानमन्त्री, मन्त्री र सचिवलाई सुनाए । त्यहाँ बसेर विभिन्न गतिविधि गर्ने केही मानिसहरुको समूहले हामी अझै पनि आउन दिन्नौँ भनेका छन् मेलम्चीको पानी । प्रधानमन्त्री र मन्त्रीमा मेलम्चीको पानी ल्याउन गरेको तत्परतामा कुनै शंका छैन तर फेरि पनि मेलम्ची अझै केही समय आउँदैन भन्ने छ है ।’

प्रचण्डले सरकारले बलियो हात नचलाईकन मेलम्चीको पानी ल्याउन अझै पनि कठिन रहेको बताए । सुरुङ्को काम पनि सकिएको, काठमाडौंमा तयारी पनि अन्तिम चरणमा पुगेको बेला कसले रोक्यो थाहा नभएको उनको भनाई थियो ।

उनले भने– ‘मन्त्रीसँग मेरो बिहान बेलुका दैनिक कुरा हुन्छ, मेलम्ची आइहाल्छ भन्ने कुरा थियो, प्रधानमन्त्रीले पनि अब रोक्ने छाँटकाँट छैन भन्नुभयो सार्वजनिक कार्यक्रममा, सिएमसी विवाद अगाडि आयो, सिएमसी टाट पल्टियो भनियो, आदि इत्यादिको नाममा फेरि मेलम्ची स¥यो । मेलम्ची सर्ने कुरा देखेपछि मैले नजिकबाट के देखेँ भने मेलम्ची हाम्रै मान्छेरुले सारेका हुन् । हाम्रा भनेर मैले हाम्रो पार्टीको भनेको हैन है । मेलम्ची आउन नदिने खेलमा नेपालीहरु नै लागेका छन् । बढो विचित्रको स्थिति देखिएको छ ।’

अध्यक्ष प्रचण्डले वैकल्पिक व्यवस्था गरेर भएपनि छिटोभन्दा छिटो मेलम्चीको पानी ल्याउने तयारीमा रहेको बताए । उनले प्रधानमन्त्री र आफूले मेलम्ची आयोजना चुनौती हो भनेर आफ्नै नेतृत्वले हस्तक्षेप गरेर भएपनि  ल्याउने बताए । मेलम्ची ल्याउन नदिने धेरै खेलहरु रहेको भन्दै यसबारे आयोजनाका कर्मचारीहरुलाई थाहा भएको हुनुपर्ने उल्लेख गर्दै यसबारे आफूले संकेतमा भनेको बताए । 

लामो समयदेखि लागेको रोग  प्रचण्डले मेलम्ची आयोजनाको काममा भएको ढिलाईलाई रोगको संज्ञा दिएका छन् । उनले लामो समयदेखि लागेको रोग भएको बताउँदै छिटै सञ्चो नहुने अवस्था आएको बताए । प्रचण्डले भने– ‘यो रोग हो, हामी नेपालीहरुलाई लामो समयदेखि लागेको रोग हो । यो अलि छिटै नसकिने खालको रोग रहेछ । कुनै छिट्टै सञ्चो हुने कुनै लामो समय रहने हुन्छ । उपचार चाही छ तर अलि लामो समय लाग्न सक्छ ।’ 

उनले अगाडि भने– ‘तर पनि हामी यसलाई दृढतापूर्वक सम्पन्न गर्ने अवस्थामा छौँ । जरुरी पर्ने हो भने, यसलाई अप्रेशन नै गर्ने, अप्रेशन गर्न ढिलाई नगरी मेलम्ची ल्याउने भन्नेमा हामी दृढ नै छौँ ।’ उनले आफू दोश्रो पटक प्रधानमन्त्री भएका बेला पनि मेलम्ची गएर प्रत्यक्ष अवलोकन गरेको भन्दै उनले त्यहाँका बोर्ड सदस्यहरु, स्थानीय जनप्रतिनिधीको कुरा सुनेको बताए । राष्ट्रिय गौरवका आयोजना र थुप्रै हाइड्रोपावरको पनि अवलोकन गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप