बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कक्षा १० मा डीएभी स्कूल उत्कृष्ट

शुक्रबार, २७ वैशाख २०७६, १८ : ४३
शुक्रबार, २७ वैशाख २०७६

ललितपुर– शैक्षिक सत्र २०१८–१९ मा सीबीएसई बोर्डद्वारा संचालित कक्षा १० को बोर्ड नतिजामा डीएभी शुशील केडिया विश्व भारती विद्यालयले बिगतका सबै रेकर्ड तोड्दै प्रथम स्थान हासिल गरेको छ । विद्यालयले नेपालमा रहेका सीबीएसई विद्यालयको सबै रेकर्ड तोडेको हो । 

डीएभी विद्यालयका आदित्य अग्रवालले ९८.६% अङ्कका साथ प्रथम स्थान हासिल गरेका छन् । दोस्रो स्थानको लागि अर्पित खेतानले ९६.८% प्राप्त गरे भने आयुश श्रेष्ठले ९६.४% प्राप्त गरी तेस्रो स्थान हासिल  गरेका छन् । 

डीएभी विद्यालयबाट सहभागी कुल १४८ परीक्षार्थी मध्ये ३९ जना विद्यार्थीेहरूले ९०% प्रतिशतभन्दा माथिको नतिजा निकालेका छन् भने सहभागी सबै परीक्षार्थी उतिर्ण भएका छन् । दुई दिन अघि प्रकाशित सीबीएसई कक्षा १२ को बोर्ड नतिजामा समेत डीएभी विद्यालयले नेपालबाट अहिले सम्मकै रेकर्ड तोड्दै उत्कृष्ट नतिजा हासिल गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप