बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा भारतीय नम्बरको ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

शुक्रबार, २७ वैशाख २०७६, १९ : ५६
शुक्रबार, २७ वैशाख २०७६

कैलाली– धनगढीको राजपुरमा भारतीय नम्वरको ट्रकले ठक्कर दि“दा स्कुटर  चालकको मृत्यु भएको छ । युपी ३१ टि ४८१७ नम्वरको ट्रकले से ६ प ३२ १७ नम्वरको स्कुटरलाई ठक्कर दिएर स्कुटर चालकको मुत्यु भएको हो । 

धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का २६ वर्षीय टेकवहादुर बलायरको घटनास्थलमै मुत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।  दुर्घटनापछि स्थानीयहरुले सो ट्रकमा तोडफोड तथा आगजनी गरेका थिए ।

आक्रोशित भई सडकमा उत्रिएका स्थानीयहरुलाई नियन्त्रण गर्न प्रहरीले एक राउण्ड आश्रृग्यास प्रहार गरेको छ । घटनास्थलमा प्रहरी नायव उपरिक्षक (डिएसपी) दक्षकुमार बस्नेतको टोली खटिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप