शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जापानले परीक्षण गर्‍यो विश्वको सबैभन्दा तीव्र गतिको 'बुलेट ट्रेन'

शनिबार, २८ वैशाख २०७६, १३ : १९
शनिबार, २८ वैशाख २०७६

एजेन्सी । जापानले व्यवसायिक रुपमा प्रयोग हुने विश्वको सबैभन्दा तीव्र गतिको रेलको परीक्षण सुरु गरेको छ । रेल ४०० किमी प्रति घण्टासम्मको गतिमा गुड्न सक्ने जनाइएको छ । 

शुक्रबार रेलको तीन घण्टा लामो परीक्षण भयो । सन् २०३० मा व्यवसायिक प्रयोगमा ल्याइँदा याे रेल ३६० किमी प्रतिघण्टाको गतिमा गुड्नेछ । 

व्यवासायिक प्रयोजनमा प्रयोग भइरहेकामध्ये अहिले सबैभन्दा तीव्र गतिमा गुड्ने रेलसेवा चीनको ‘फुछिङ ट्रेन’ हो । फुछिङ रेल प्रति घण्टा ३५० किमी प्रति घण्टाको गतिमा गुड्छ । निर्माण गर्दा ३६० किमी प्रति घण्टा गुड्ने गरी बनाइएको फुछिङ रेलले लक्षित गति भेटेन ।

जापानको परीक्षणमा प्रयोग भएको रेलमा १० वटा डिब्बा छन् । रेलको अगाडिको भाग सामान्य ‘बुलेट ट्रेन’को भन्दा पनि चुच्चो परेको छ । 

यसलाई जापानका सेन्दाई र ओमोरीबीचमा परिक्षण गरिनेछ । दुई सहरबीच २८० किमी दूरी  छ । 

परीक्षण अन्य रेल नगुड्ने मध्यरातको समयमा पारेर गरिएको छ र यो हप्ताको दुई पटक हुनेछ । 

जापानले अहिले परिीाण गर्न लागेको रेल उसको शिन्कानसेन रेलको एएल एफए–एक्स संस्करण हो । जापानले एक वर्ष अघिदेखि शिन्कान्सेनको अर्को संस्करण एन७००एस परिक्षण गरिरहेको छ । उक्त मोडेल सन् २०२० बाट प्रयोगमा जानेछ । 

एन७००एस मोडेलको गति ३०० किमी प्रति घण्टाको थियो । जापानले अर्को वर्ष ओलम्पिक खेल आयोजना गर्दैछ, एन७००एस मोडेलका रेल त्यसैलाई लक्षित गरेर ल्याउन लागिएको हो ।  

व्यवसायिक प्रयोजनको लागि प्रयोग हुने रेलमध्यमा एएलएफए–एक्स सबैभन्दा तीव्र भए पनि हालसम्मकै सबैभन्दा तीव्र गतिको रेल भने जापानकै ‘म्यागलेभ’ हो । सन् २०१५ मा परीक्षण गर्दा ‘म्यागलेभ’ ६०३ किमी प्रति घण्टाको गतिमा गुडेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप