बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

हत्या गरेको ९ वर्षपछि मोक्तान पक्राउ

आइतबार, २९ वैशाख २०७६, ११ : ३९
आइतबार, २९ वैशाख २०७६

प्रहरीले हत्या गरी फरार रहेका एक व्यक्तिलाई ९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२ सानेपा बस्ने वर्ष ३८ को इन्द्रबहादुर मोक्तान रहेका छन् । 

२०६७ असार १ गते काभ्रे गोकुलेका दीर्घ बहादुर गोलेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा मोक्तानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । 

आर्थिक लेनदेनको कारण गोलेको हत्या गरी  फरार रहेका मोक्तानलाई वैशाख २७ गते ललितपुरको सानेपाबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता (एसपी) सुदीप गिरिले जानकारी दिए ।

पक्राउ परेका मोक्तानलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रे, धुलिखेल पठाइएको एसपी गिरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप