बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस स्वतन्त्रामाथि सरकारले नियन्त्रण गर्न खोजे अन्तरपार्टी संघर्षः नेता भट्ट

आइतबार, २९ वैशाख २०७६, १५ : ५०
आइतबार, २९ वैशाख २०७६

धनगढी–नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले सरकारले प्रेस स्वतन्त्रामाथि अंकुश लगाउने प्रयास नगरेको बताएका छन् ।

‘सरकारले प्रेसका नाममा भइरहेका विकृति, विसंगतिलाई नियमन गर्न र प्रेस स्वतन्त्रतालाई थप व्यवस्थित गर्ने प्रयास गरेको छ’ आइतबार प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टले भने ‘संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकले सञ्चारमाध्यमलाई थप जिम्मेवार बनाउने छ ।’

‘सरकारले प्रेस स्वतन्तामाथि अंकुश लगाउने प्रयासले विधेयक ल्याउन खोजेको होइन’ पूर्वमन्त्री भट्टले भने –‘यदि प्रेस स्वतन्त्रतामाथि नियन्त्रण गर्ने उद्देश्य हो भने हामी अन्तरपार्टी संघर्ष गर्ने छौं ।’

उनले सञ्चारकर्मीहरुलाई अझ विवेकशील, अध्ययनशील, लगनशील, संवेदनशील भएर काम गर्न आग्रह गर्दै भने, ‘तपाईहरु आफनो कामप्रति र आचारसंहिताप्रति कतिको संवेदनशील हुनुहुन्छ समीक्षा गर्नुहोस् ।’

पूर्वमन्त्री भट्टले विकासका कामहरु पश्चिमबाट शुरु गर्नुपर्ने बताए । उनले राष्ट्रिय योजनाका विषयहरुलाई पनि प्राथमिकताका साथ अगाडि बढाउन दबाब दिइरहेको बताए । उनले सुदूरपश्चिममा राष्ट्रिय गौरवका योजनालाई आगामी आर्थिक वर्ष ०७६÷७७ को बजेटले सम्बोधन गर्नुपर्ने माग गरे । 

उनले भने –‘दिपायल फास्ट ट्रयाक, उरेभन्जयांगको बाटो खोल्न बजेटले सम्बोधन गर्न आवश्यक रहेको छ । यस्तै, पश्चिम सेती, सुख्खा बन्दरगाह, सेती लोकमार्ग सञ्चालनका लागि पनि संघीय सरकार गम्भिर हुनुपर्छ ।’ उनले सुदूरपश्चिममा सुख्खा बन्दरगाह सञ्चालनमा आए प्रदेशमात्र नभई समग्र राष्ट्रलाई नै विकासका गतिविधी अघि बढाउन सहज हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप