बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा कसरी भित्रियो अवैध मल ? १ सय ३२ टन छानविनको दायरामा

आइतबार, २९ वैशाख २०७६, १९ : ३८
आइतबार, २९ वैशाख २०७६

बुटवल– सरकारले आवश्यक पर्ने बेला मलको व्यवस्थापन नगर्दा हैरानी व्योहोरिरहेका तराईका किसानहरुलाई कपिलवस्तुको प्लाई उद्योगमा यूरिया मल भित्रिएको देख्दा र सुन्दा अचम्म लाग्छ । किसानलाई मल पु¥याउन नसक्ने सरकारले प्लाई उद्योगलाई किन ठूलो परिमाणको मल दिएको छ ?

कपिलवस्तुका शिवराज नगरपालिका– ७ स्थित २ वटा प्लाई उद्योगमा १३२  टन चाईनिज युरिया मल फेला परेपछि प्रशासनले अहिले छानविन गर्दैछ । प्रहरीले पशुपति प्लाई र जय अम्बे प्लाई उद्योग परिसरबाट ६ वटा भारतीय मालबाहक ट्रकसहित १३२ टन मल मल नियन्त्रणमा लिइएको हो ।

कृषि प्रयोजनका लागि प्रयोग हुने चाइनिज युरिया मल ती दुई उद्योगमा भित्र्याइएको विशेष सुचनाका आधारमा स्थानीय प्रशासनको निर्देशनपछि मल नियन्त्रणमा लिइएको इलाका प्रशानस कार्यालय चन्द्रौटाका प्रमुख जगदीश अर्यालले बताए ।

कपिलवस्तुमा प्रजिअ अर्जुनप्रसाद पोख्रेलले भने, ‘नियन्त्रणमा लिएको मलबारे अनुसन्धान भइरहेको छ ।’  उनले भनेर्,  मल धेरै भएकोले भन्सार नपठाई सिल गरी राखेका छौ । अन्य विषयमा छानविन भइरहेको छ ।’ प्लाई उद्योगमा युरिया मल के का लागि ल्याइएको हो ? उद्योगका सञ्चालकहरुलाई सो विषयमा फाइल र आवश्यक कागजातहरुसहित प्रशासन कार्यालयमा बोलाइएको छ ।

कति भेटियो मल ?

ती  दुवै उद्योगमा ५० केजीका १३ सय २० बोराका दरले मल भित्र्याइएको हो । पशुपति प्लाई उद्योगमा एनएल ०१ एबी ५४४८, एनएल ०१ एबी १७३८ र डब्लु बि ११ टी ७००५ नम्बरको मालबाहक ट्रकमा मल ल्याइएको देखिएको  छ । यस्तै जय अम्बेमा एनएल ०१ जी ७५१२, एनएल ०१ जी ६२१२ र एनएल ०१ एबी १७४८ नम्बरको मालबाहक ट्रकमा मल भित्र्याइएको थियो ।

प्रशासन कार्यालयका अनुसार जय अम्बेमा ट्रकबाट ४ सय ४० बोरा र पशुपतिमा ६ सय बोरा मल गोदामामा झरि सकिएको थियो । उता पुशपति प्लाईका संचालक अशोक अग्रवालले आफुहरुले सबै प्रकृया पुरा गरेर चिनको संघाईबाट भारतको कोलकत्ता हँुदै सुनौली नाकाबाट सो चाइनिज मल ल्याइएको दाबी गरे ।

उनले उद्योगमा बन्ने प्लाई काठलाई चप्काउनका लागि चाहिने युरिया कृषि तथा पुश पंक्षी विकास मन्त्रालय र प्रदेश ५ अन्तर्गत रहेको घरेलु तथा सना उद्योग कार्यालयको सिफारिसमा सो मल वैधानिक तवरले भित्र्याइएको बताए । उनले चाइजिन कम्पीनलाई तिरेको रकम, भन्सार महसुल लगायतका सबै कागजातहरु दुरुस्त रहेको उनको दाबी छ ।  

यसरी बनाएको छ कागजपत्र

कम्पनी विभिन्न फरक कागजपत्र दिएको छ । ती कागजपत्र हेर्ने शंका गर्ने ठाउँ देखिन्छ । कृष तथा पशुपंक्षी विकास मन्त्रालयले गत फागनु १० गते पशुपति प्लाईउड उद्योगलाई टेक्निकल ग्रेडको युरिया मल आयता गर्न दिनका लागि निर्देशन दिइएको छ ।

मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत नेत्रप्रसाद भण्डारीको हस्ताक्षर रहेको सो पत्रमा औधोगिक प्रयोजन र मात्र एक पटकका लागि आयत गर्न दिन भनिएको छ । त्यसको प्रतिवेदन मासिक रुपमा मन्त्रालयमा पठाउन समेत उल्लेख गरिएको छ । उता घरेलु तथा सना उद्योग कार्यालयका प्रमखु गोविन्द प्रसाद पाण्डेयले सामान पैठारीका लागि सिफारिस दिएका छन् । उनले दिएको सिफारिसमा युरिया मलको कुरा उल्लेख छैन ।

किसानको आक्रोश

किसानहरुलाई मल दिन नसक्ने मन्त्रालयले उद्योगलाई भने मल आयातका लागि सहज वातावरण बनाएको प्रति कृषिकहरुले विरोध जनाएका छन् । जिल्ला कृषक संघका सभापति चर्तुभूजमणि त्रिपाठीले कृषि मन्त्रालयले उद्योगका लागि मलको सिफासिर गर्नु आपत्तिजनक कुरा बताए  । उनले चलखेल भएको आरोप लगाए । उनले मल जफत गरी किसानहरुलाई बाँडनुपर्ने माग राखे  ।

यसअघि पनि कृष्णनगर र शिवराज नगरपालिकाभित्र रहेका आधा दर्जन प्लाई उद्योगमा सरकारी अनुदानको मल बिक्री गरिएको घटनाहरु पटक पटक बाहिर आइसकेका छन् ।
प्रशासनले सोही आरोपमा प्लाइ उद्योगलाई कालोबजारीको मुद्दा समेत चलाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप