प्रदेशसभाको बैठकमा पूर्वबजेटबारे छलफल हुने
मकवानपुर– प्रदेश नं ३ को प्रदेशसभाको चौंथो अधिवेशन बैठक आज अपरान्ह १ बजेदेखि शुरु हुने भएको छ । प्रदेश नं ३ प्रदेश सरकारको आव। ०७६/७७ का लागि प्रस्तुत हुने पूर्व बजेटको विभिन्न शीर्षकका मस्यौदाबारे जेठ १ गते बस्ने बैठकमा छलफलका लागि प्रस्तुत गरिने आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आज बताएका हुन् ।
उनका अनुसार बैठकमा आगामी जेठ दोस्रो हप्तामा प्रदेश सरकारको नीति तथा कार्यक्रम र असारको पहिलो हप्ताभित्र अगामी आवका लागि बजेट प्रस्तुत गरिने लक्ष्यका साथ तीव्र तयारी भइरहेको छ ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री ढुङ्गेलले प्रदेशसभाको चौंथो अधिवेशनमै प्रदेश नं ३ को स्थायी राजधानी तोक्ने विषयमा छलफल भई निकास निस्कने सम्भाबना पनि रहेको बताए । बैठकमा विभिन्न विधेयक प्रस्तुत गरिने नेकपाका संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुुँयालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै