दयाहाङ राई अभिनित फिल्म ‘आप्पा’को गीत सार्वजनिक
काठमाडौं – अभिनेता राईको मुख्य भुमिका रहेको फिल्म ‘आप्पाको अमला बोलको नयाँ गीत सार्वजनिक भएको छ । रेनेशा वान्तवा राईको नृत्य निर्देशन रहेको गीतमा हर्क साउँदको शब्द, एसडी योगी र सुशान्त गौतमको संगीत, मेलिना राई र एसडी योगीको स्वर छ ।
गीत सार्वजनिक सँगै निर्माण युनिटले नयाँ प्रदर्शन मिति पनि सार्वजनिक गरेका छन् । २४ जेठमा आउने भनिएको यो फिल्म अब १३ असारबाट प्रदर्शनमा आउने छ ।
किरण थापा, बुद्ध लामा र सुरैन राईले कोरियोग्राफी गरेका हुन् । रवी न्यौपानेले छायाँकन गरेको गीतलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।
बाबु छोराको सम्बन्धको कथा बिषय बनाइएको फिल्म अनमोल गुरुङले निर्देशन गरेका हुन् । अनमोलको यो डेब्यु फिल्म हो । माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।
फिल्ममा दयाहाङ राई, सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?