शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कस्तो छ मारुती सुजुकीको ‘बिग न्यु वागेनआर’ ?

सोमबार, ३० वैशाख २०७६, १३ : २५
सोमबार, ३० वैशाख २०७६

नेपालीहरूको आम्दानीमा भएको वृद्धिसँगै उनीहरुको आवश्यकता र जीवनशैलीमा परिवर्तन आउन थालेको छ । कसैका ससाना आवश्यकता होलान् त कसैका ठूला तर त्यसको परिपूर्तिका लागि आफ्नो क्षमताअनुसारको जीवनशैलीमा आम नागरिक रमाइरहेका छन् ।

आफ्नो आर्थिक अवस्था र त्यसले थेग्न सक्ने आवश्यकताअनुसारका सेवा सुविधाको उपभोग गर्न सक्नु नै जीवन जिउने उत्कृष्ट कला हो ।

वर्तमान समयमा दैनिक जीवनयापनका लागि सवारी साधन एक अनिवार्य आवश्यकता भइसकेको छ । एक ठाउँबाट अर्को ठाउँमा जानका लागि सवारी साधनमा भएको क्रमिक विकास र त्यसले उब्जाएको आवश्यकताले आज मानव जीवन सहज पक्कै बनेको छ । यही सहज जीवन जिउने क्रममा हरेक मानिसको प्रमुख आवश्यकता बनेको छ सवारी साधन ।

नेपालको परिवेशमा हेर्ने हो भने विभिन्न अटोमोबाइल कम्पनीका कार, मोटरसाइकल तथा अन्य सवारी साधान भित्रिने क्रम बढ्दै गइरहेको छ । यस्तैमा नेपालमा लामो समयदेखि राज गरेको भारतीय अटोमोबाइल कम्पनी हो– मारुती सुजुकी । मारुती सुजुकीले नेपालमा विभिन्न प्रकारका सवारी भित्र्याइरहेको छ ।

नेपालको सडक सुहाउँदो सानो, सस्तो र सबै सेफ्टी फिचर्सले पूर्ण कारको चाहना आम नागरिकको छ । यसैलाई मध्यनजर गर्दै एक महिनाअघि मात्र नेपाल भित्रिएको छ सुजुकीको विग न्यु वागेनआर । यो सुजुकीको सबैभन्दा पछिल्लो मोडेल हो । मारुती सुजुकीले क्वालिटी राइडिङलाई मध्यनजर गरेर निर्माण गरेको चर्चित टल ह्याच कार वागेनआर कमप्याक्ट फेमिली कार हो । यसको साइज पनि ठूलो र फिचर्स पनि ठूलो भएकाले यसलाई विग न्यु वागेनआर भनिएको छ ।

नेपालीहरूको अवस्थाअनुसारको विग न्यु वागेनआर एक फेमिली कार हो । यो अहिले धेरैको रोजाइमा पर्न सफल भएको छ । यो कारले नेपालमा लन्च भएको १ महिनामै २ सय ५० भन्दा बढी बुकिङ लिन सफल भएको छ ।

न्यु वागेनआर सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटोकर्पले बिक्री वितरण गरिरहेको छ । तेस्रो पुस्ताको यो कार आकर्षक त छ नै किफायती र भरपर्दो पनि छ ।

गत जनवरीमा भारतीय बजारमा सार्वजनिक भएको यो नयाँ कारले निकै राम्रो बजार पाएको छ । पुरानोको तुलनामा आकर्षक र केही फरक डिजाइनमा निर्मित यो कारको बडी निर्माणमा विशेष ध्यान दिइएको छ । पेट्रोल भेरियन्टमा मात्रै उपलब्ध यो कार न्यु जेनेरेसन कारका रूपमा बजारमा आएको छ ।

इन्जिन

बिग न्यु वागेनआर दुईवटा टेस्टेड इन्जिन अप्सनमा उपलब्ध छ । १००० सीसी के१० कारको इन्जिन ३ सिलिन्डरको छ । त्यसैगरी, १२०० सीसीको के१२ कार ४ सिलिन्डर इन्जिनको छ । के१० को म्याक्सिमम इन्जिन आउटपुट ५० केडब्ल्यू ५५०० आरपीएम छ भने के१२ को म्याक्सिमम इन्जिन आउटपुट ६१केडब्ल्यु ६००० आरपीएम छ ।

बिग न्यु वागेनआरमा दिइएको १.० लिटर के–१० पेट्रोल इन्जिनले ६७ एचपीको पावर र ९० एनएम टर्क जेनेरेट गर्छ भने १.२ लिटर के–१२ इन्जिनले ८३ एचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ ।

वागनेआरको १.० लिटर इन्जिनले २२.५ किलोमिटर प्रतिलिटर र १.२ लिटर इन्जिनले २१.५ किलोमिटर प्रतिलिटर माइलेज दिने एआरएआई सटिफाइड रहेको छ ।  ५ सिटर बिग न्यु वागेनआर कारको फ्यूल ट्याङ्क क्षमता ३२ लिटरको रहेको छ ।

सेफ्टी फिचर्स

कुनै पनि सवारीको महत्त्वपूर्ण पक्ष भनेको सेफ्टी फिचर्स नै हो । सुजुकीले यो कारमा सेफ्टीलाई विशेष महत्त्व दिएको छ । कारमा ड्युअल एयरब्याग (ड्राइभर र प्यासेन्जरका लागि) पनि राखिएको छ । स्टिल बडी वर्कले यो कार सेफ्टीको दृष्टिले उत्तम मानिएको छ ।

कारमा ड्युल एयरब्यागसँगै एबीएस (एन्टी लक ब्रेकिङ सिस्टम) पनि छ, जसले इमजेन्सि ब्रेक लगाउँदा कार स्लिप हुन दिँदैन । त्यसैगरी ईबीडी (इलेक्ट्रोकि ब्रेक फोर्स डिस्ट्रिब्युसन), फ्रन्स सिट बेल्ट लगाए नलगाएको बारे जानकारीका लागि रिमाइन्डर राखिएको छ ।

कारमा स्पिड सेन्सेटिभ अटो डोर लक सिस्टम पनि छ । साथै सेक्युरिटी अलार्म, रियर पार्किङ सेन्सर, सेन्ट्रल लक, चाइल्ड प्रुफ रियर डोर लक, फ्रन्ट फग ल्याम्प आदि फिचर्सहरूले यो कार बलियो बनेको छ ।

बिग न्यू वागेनआर कार चलाउँदा सहज र कम्फर्टेबल हुनुका साथै सन्तुलित पनि छ, जसले सुरक्षित यात्राको सहयात्री बन्न सक्छ ।

कारको स्पिड कन्ट्रोलका लागि स्पिड अलर्ट जडान छ । यो कारको ग्राउन्ड क्लियरेन्स १६५ मिलिमिटरको भएकाले नेपालको रोडमा यसले सहजता प्रदान गर्नेछ ।

स्टेन्डर्ड भेरियन्टमा पार्किङ सेन्सर पनि छ । बिग न्यु वेगनआर कार सुरक्षित यो कारणले भनिएको छ कि यसले साइड क्र्यासबाट र पैदलयात्रुलाई पनि बचाउन सक्ने क्षमता राखेको छ ।

हार्टटेक प्लेटफर्म

बिग न्यु वागेनआरलाई कम्पनीले हार्टटेकको नयाँ प्लेटफर्ममा बनाएको छ । यो प्लेटफर्ममा कारको आकार मात्रै होइन, बडी, क्याबिन स्पेस, डिजाइन र ढाँचामा पनि परिवर्तन गरेको छ ।

कारको अगाडि भागको ग्रिल नै फरक ढङ्गले डिजाइनगरिएको छ, जसले गर्दा यदि कारमा कोही ठोक्किन आएमा ठूलो दुर्घटनाबाट जोगाउन मद्दत गर्छ । पैदलयात्रु कारसँग ठोक्किएमा पैदलयात्रुको हेड र चेस्ट सुरक्षित हुने गरी कारको फ्रन्टलाई डिजाइन गरिएको छ ।

साइड र फ्रन्ट क्र्यासबाट बचाउनका लागि भनेरै बडी डिजाइनमा विशेष प्रकारको ग्रिलको प्रयोग भएको कम्पनीले बताएको छ ।

डिजाइन

बिग न्यु वागेनआर कारको बाहिरी र भित्री डिजाइन निकै आकर्षक छ । कारको भित्री स्पेसलाई फराकिलो बनाइएको छ, यसले यात्रालाई आरामदायी बनाउँछ ।

टलबोय डिजाइनमा निर्माण भएको यो कार केही अग्लो छ । सुजुकीका पुराना मोडलभन्दा केही फरक र परिष्कृत यो कारको छत टेललाइट अनि कलरले यसलाई स्टाइलिस बनाएको छ । त्यसैगरी गाडीको पछाडिको भागको फिनिसिङमा विशेष ध्यान दिइएको छ ।

कारमा प्रयोग भएको हेडल्याम्प पहिलेको तुलनामा ठूलो र फग लाइट पनि परिर्माजन गरिएको छ । सडक लाइटको व्यवस्था नभएको हाम्रो नेपालको जस्तो रोडका लागि यसले सहजता थप्नेछ । कारमा एसयूभीमा प्रयोग हुने टेल लाइटको प्रयोग भएको छ । पावरफुल फ्रन्ट एसी यसको अर्को मुख्य विशेषता हो ।

कर्भ अनि टल डिजाइनको यो कारको लम्बाइ ३,६५५ एमएम, चौडाइ १,६२० एमएम र उचाइ १,६७५ एमएमको छ । नयाँ हेड ल्याम्प क्लस्टर, ग्रिल र सबै प्रकारको मेटल वर्क र चौडा बडीले पनि धेरैलाई आकर्षित गरेको छ ।

कारको इन्टेरियर डिजाइन पनि आकर्षक पारिएको छ । रूफ एन्टेना, फुल ह्विल क्याप, सिङ्गल ल्याम्प इन्टेग्रेटेड इन ओआरभीएम, रियर वाइपर तथा वासर, बडी कलर डोर ह्यान्डल, बम्पर जस्ता पक्षलाई पनि उत्तिकै महत्त्व दिइएको पाइन्छ ।

कार चलाउँदा कम्फर्टेबल होस् भनेर ड्राइभर सिट र प्यासेन्जर सिटको स्पेसलाई फराकिलो गरी डिजाइन गरिएको छ, जसले गर्दा यात्रालाई झनै सहज बनाइदिन्छ । कारको हेड रुम र लेग रुमको स्पेसलाई विशेष ध्यान दिएको छ ।

न्यु जेनेरेसन वेगनआर ६ कलर माग्मा ग्रे, ओरेन्ज, सिल्भर, ब्राउन, ह्वाइट र ब्लु कलरमा नेपाली बजारमा उपलब्ध छ ।

स्मार्ट इन्फोटेन्मेन्ट सिस्टम

बिग न्यु वागेनआरमा राखिएको नेक्स्ट जेनेरेसन स्मार्टप्ले स्टुडियो इन्फोटेन्मेन्ट सिस्टमले गाडीको यात्रालाई रोमान्चक बनाउन मद्दत गर्नेछ ।

स्मार्टप्ले स्टुडियो १७.७८ सीएम टच इन्फोटेन्मेन्ट सिस्टमलाई सीधै स्मार्ट फोनसँग कनेक्ट गर्न सकिन्छ । यसले ड्राइभिङमा सहजता थप्नुको साथै डिलाइट साउन्डको मज्जा लिन सकिन्छ । कारमा नेविगेसन र इन्टरनेट रेडियो पनि प्रयोग गर्न सकिन्छ ।

साथै स्टेरिङलाई साउन्ड सिस्टमसँग कनेक्ट गराइएकाले सबै कन्ट्रोल स्टेरिङबाटै हुन्छ । कारको इन्टेरियर जति सुन्दर छ, त्यति नै साउन्ड सिस्टमले पनि कारलाई आकर्षक बनाएको छ ।

की लेस रिमोट सिस्टम, साइड इन्डिकेटरमा ओआरभीएम सिस्टमको प्रयोग कारमा छ । कारको स्टेरिङ कन्ट्रोल, स्मार्ट इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र स्मार्टप्ले स्टुडियोले कारको आधुनिक क्षमतालाई सबल बनाएको छ ।

मूल्य

नेपाली बजारमा उपलब्ध १.० लिटर भीएक्सआई (अप्सनल) मोडलको मूल्य २४ लाख ९९ हजार र १.२ लिटर भीएक्सआई (अप्सनल)को मूल्य २६ लाख ९९ हजार रहने जनाइएको छ । जेडएक्सआई१.२ लिटर भेरियन्टको मूल्य २७ लाख ९९ हजार तोकिएको छ । 

नेपालका लागि सुजुकीको आधिकारिक वितरक सीजी मोकर्पले सुजुकीका कारको खरिदमा आफ्ना ग्राहकलाई ४ वर्षको वारेन्टीका साथै १ वर्षको इन्स्योरेन्स सुविधा पनि दिएको छ ।

कम्पनीले तोकेको यो मूल्यमा डिस्काउन्ट र अन्य अफर पनि दिएको छ । सुजुकी लेवान अम्ब्रेला फेसिलिटी प्रदान गर्दै आएको छ । जस्तै; सुजुकीको एउटै सोरुमबाट एक्सचेन्जको सुविधा, टेस्ट ड्राइभ, फाइनान्स, इन्स्योरेन्सका साथै डिस्काउन्ट पनि पाउन सकिन्छ । सुजुकीले १३ वटा मोडलका कारहरू नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

नेपालमा सुजुकीको सबैभन्दा धेरै सेल्स एन्ड सर्भिस आउटलेट रहेको छ । सुजुकीको नेपालमा ३९ सर्भिस आउटलेट र ३५ सेल्स आउटलेट रहेको छ । त्यसैगरी कम्पनीको नेपालमा ३ सयभन्दा बढी स्पेयर पार्टस्को बिक्री वितरण सेन्टरहरू रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप