शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तेस्रो पक्ष बिमा रकम बढाउने तयारी, सवारी साधनले घाइते बनाए १५ लाखसम्म तिर्नुपर्ने

सोमबार, ३० वैशाख २०७६, १६ : ४२
सोमबार, ३० वैशाख २०७६

काठमाडौं–सरकारले तेस्रो पक्ष बिमा रकम बढाउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिमा समितिलाई तेस्रो पक्ष बिमा रकम वृद्धि गराउने व्यवस्था मिलाउन पत्राचर गरेको छ ।

 मन्त्रालयका तर्फबाट निर्देशक तीर्थराज खनालद्वारा लेखिएको पत्रमा तेस्रो पक्ष बिमामा सवारी दुर्घटनाबाट मृत्यु भएमा ५ लाखबाट बढाएर १० लाख पुर्याउने व्यवस्था गर्न समितिलाई पत्राचार गरेको हो । मन्त्रालयले  बैशाख १५ गते बिमा समितिलाई पत्र पठाएको हो । 

यता सवारी दुर्घटनामा परी टाउको तथा स्पाइनलमा दख्खल लागि घाइते भएको अवस्थामा  १५ लाखसम्मको जरिवानाको व्यवस्था गर्न पनि भनिएको छ । 

बिमा समिति तत्काल तेस्रो पक्ष बिमा रकम बृद्धि गर्ने पषमा देखिएको छ । उसले मोटर बिमा ऐनलाई तत्काल संशोधन गरी बिमा रकम बढाउन आफूहरु तयार रहेको बिमा समितिले जनाएको छ । 

के हो तेस्रो पक्ष बिमा ?
आफ्नो सवारीले अर्को सवारी साधन, व्यक्ति वा भौतिक सम्पत्तिलाई क्षति पुर्याएको अवस्थामा आइपर्ने आर्थिक जोखिम हस्स्तान्तरण गर्नु तेस्रो पक्ष बिमा हो । यस अनुसार आफ्नो सवारी साधनले अन्य साधन वा सम्पत्तिलाई हानी पुर्याएको अवस्थामा तेस्रो पक्षलाई कमपनीलेनै दाबी भुक्तानी गर्छ । जसले सवारीधनीलाई आर्थिक भार पर्दैन तर तेस्रो पक्ष बिमा नभएको अवस्थामा भने क्षतिको भुक्रानी आफैले गर्नुपर्छ । क्षतिपुर्ति गर्न सकिएन भने सजाय भोग्नुपर्छ । तेस्रो पक्ष बिमालाई सरकारले  २०६६ सालदेखि अनिवार्य गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप