शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ठमेलबाट समातियो कस्तुरीको बिणा, ३ जना पक्राउ

सोमबार, ३० वैशाख २०७६, १७ : २८
सोमबार, ३० वैशाख २०७६

प्रहरीले संरक्षित वन्यजन्तु कस्तुरीको बिणासहित ३ जनालाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा स्याङजाका ३८ वर्षीय चित्रबहदुर थापा, संखुवासभाका ३८ वर्षीय ईन्द्र कुमार राई  र संखुवासभाकै २८ वर्षीय सन्देश अछामे रहेका छन् । 

उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले टोलीले ठमेलको भगवानबहालबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट करिब २१ ग्राम तौल भएको कस्तुरीको बिणा १ थान बरामद गरिएको प्रहरीले जनाएको छ । 

सो ठाउँमा कस्तुरीको बिणा अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने गोप्य सूचना प्राप्त हुनासाथ ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको ब्यूरोका एसपी सुदीप गिरीले जानकारी दिए । 

पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप