मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

डढेलोले सुदूरपश्चिम प्रदेशका वनमा व्यापक क्षति

मङ्गलबार, ३१ वैशाख २०७६, १३ : ०७
मङ्गलबार, ३१ वैशाख २०७६

टंक कुवँर
धनगढी । सुदूरपश्चिम प्रदेशमा वन डढेलोका कारण वनमा व्यापक क्षति पुगेको छ ।  प्रदेश अन्तर्गत पर्ने कैलालीको चुरे भावर क्षेत्र तथा तराईको समथर भू–भागमा रहेका अधिकांश वनमा डढेलो लाग्दा वनमा व्यापक क्षति पुगेको हो । 

डढेलोका कारण हालसम्म कैलालीमा ४० प्रतिशत बढी बन क्षेत्रमा क्षति पुगेको सब वन डिभिजन कार्यालय कैलालीले जनाएको छ । डिभिजन बन कार्यालय कैलालीका अनुसार यस वर्ष बसन्ता, भारताल, बाह्रवन तथा चुरे क्षेत्रका बनमा डढेलोका कारण वन क्षेत्र नासिएको छ ।

 डिभिजन बन कार्यालय कैलालीका सहायक वन अधिकृत रामऔतार चौधरीका अनुसार  ठूला र घना बनजंगलमा डढेलो लागेको छ । केही बनमा फायर ब्रेकर राखिएकोले  क्षती हुनबाट जोगिएको छ । 

डढेलोका कारण वन्यजन्तु, पंक्षीमा समेत  व्यापक क्षती भएको छ । बन डढेलोका कारण वन्यजन्तु तथा पंक्षीको बासस्थान नष्ट हुनाका साथै बहुमुल्य जडिबुटी जलेर खरानी भएका छन् । डिभिजन वन कार्यालय कैलालीका डिभिजन प्रमुख रामप्रसाद कँडेलले चुरे क्षेत्रमा वन डढेलो नियन्त्रण गर्न कठिनाई भइरहेको बताए । 

 अहिले वन डढेलोका कारण चुरे क्षेत्र बढी जोखिममा परेको बताउँदै उनले भने भौगोलिक विकटता तथा सडक अभावका कारण चुरेमा आगलागी नियन्त्रण गर्न कठिनाई भएको छ । 

कैलालीको बाह्रवन साझेदारी वन लगायतका अग्निरेखा निर्माण भएका वनमा वन डढेलोले कम क्षती पुर्याएको छ । बन डढेलोको क्षतीको एकिन मूल्यांकन गर्ने प्रविधि नभए पनि लगातारको वन डढेलोका कारण करौडौं रुपैया मूल्यको काठ, जडिबुटी, वनस्पति, वन्यजन्तु तथा पंक्षीको क्षती भएको अनुमान वन डिभिजन कार्यालयले गरेको छ । 

वन डढेलो नियन्त्रण गर्न वन उपभोक्ता समितिहरू सक्रिय भए पनि नियन्त्रण कार्य प्रभावकारी बन्न सकेको छैन् जसका कारण विगतका वर्षभन्दा यस वर्ष वनमा बढी डढेलो लागेको अनुमान गरिएको छ । डढेलो नियन्त्रण बाहिर गइसकेकोले वर्षा भएपछि मात्रै बन डढेलो रोक्न सकिने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप