शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिडिया काउन्सिलसम्वन्धि विधेयक फिर्ता गर्न माग

मङ्गलबार, ३१ वैशाख २०७६, १५ : २१
मङ्गलबार, ३१ वैशाख २०७६

बुटवल– नेपाल प्रेस युनियनले कतिपय विधेयकहरु पत्रकारलाई बाँध्नेगरी आएको भन्दै त्यसलाई फिर्ता गर्न माग गर्दै प्रतिनिधि सभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ ।

मन्त्रिपरिषदबाट पारित भई संसदमा पेश भएको नेपाल मिडिया काउन्सिल सम्वन्धि विधेयक, संसदमा विचाराधीन रहेको विज्ञापन नियमन गर्न बनेको विधेयक, सुचना प्रविधिका सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक र संसदमा लैजाने तयारी भएको जनाएको छ ।

आमसञ्चार विधेयक सहित पाइपलाइनमा रहेका अन्य विधेयकमा गरिएको जरिवाना तथा क्षतिपूर्ति सम्वन्धि व्यवस्था नेपालको स्वतन्त्र पत्रकारिताको घाँटी थिच्ने, पत्रकारितालाई घुमाउरो किसिमले निरुत्साहित गर्ने भन्दै त्यसलाई फिर्ता गर्न युनियनले माग गरेको हो ।

नेपाल प्रेस युनियनले ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत प्रतिनिधि सभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई छुट्टाछुट्टै पठाएको ज्ञापनपत्रमा प्रेस काउन्सिललाई विस्थापित गरि मिडिया काउन्सिल गठन गर्दै गर्दा यसको स्वायत्तता र स्वतन्त्र छविलाई समेत किनारा लगाउने प्रयास भएको उल्लेख गरिएको छ । नेपाल प्रेस युनियन रुपन्देही मंगलबार ईलाका प्रशान कार्यालय रुपन्देहीमार्फत पठाएको ज्ञापनपत्रमा  बुझाएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसालको नेतृत्वमा कार्यसमितिका पदाधिकारी सदस्य, सल्लाहकार तथा युनियन आबद्ध सदस्यहरुको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप