शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पकिस्तानविरुद्ध इङ्ल्यान्डको सानदार जित

बुधबार, ०१ जेठ २०७६, ०८ : १९
बुधबार, ०१ जेठ २०७६

एजेन्सी- पकिस्तानविरुद्धको तेस्रो वान डे खेलमा इङ्ल्यान्डले सानदार जित हात पारेको छ । मंगलबार राति भएको खेलमा इङ्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले हरायो । यस जितसँगै पाँच ओडीआई सिरिजमा इङ्ल्यान्डले २–० को अग्रता लिएको छ । पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । दोस्रो खेलमा इङ्ल्यान्ड १२ रनले विजयी भएको थियो । चौथो खेल आगमी शुक्रबार हुनेछ ।

तीन सय ५९ रनको विशाल लक्ष्य पछ्याएको इङ्ल्यान्डले ४४.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । इङ्ल्यान्डको जितमा ओपनर जोनी बेयरस्टोले एक सय २८ रनको शतकीय पर्दशन गरे । ९३ बलमा उक्त रन जोडेका जोनीले १५ चौका र पाँच छक्का हानेका थिए ।

अर्का ओपनर जोसन रोएले ७६ रन बनाए । मोइन अली ४६, जो रुटले ४३, बेन स्टोक्स ३७ र कप्तान ओइन मोर्गनले अविजित १७ रन बनाए । पाकिस्तानका जुनदै खान, फहिम असरार्फ र इमाद वासिमले एक एक विकेट लिए ।

यसअघि ब्रिस्टलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा तीन सय ५८ रन बनाएको थियो । पाकिस्तानका लागि ओपनर इमाम उल हकले एक सय ५१ रनको सानदार प्रदर्शन गरे । उल हकले आफ्नो ओडीआई करियरकै उत्कृष्ट रन र छैटौं शतक पूरा गरेपनि टोलीलाई जिताउन सकेनन् । उनले एक सय ३१ बलमा १६ चौका र एक छक्का प्रहार गरेका थिए ।

आशिफ अलीले ५२, ह्यारिस सोहेले ४१, सरफराज अहमिदले २७, ईमाद वासिमले २२, हसन अलीले अविजित १८ र बाबर आजमले १५ रन बनाए । इङ्ल्यान्डका क्रिस वोक्सले चार विकेट लिए । टम करनले दुई तथा डेविड विल्ली र लियाम प्लन्केटले एक एक विकेट लिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप