एथ्लेटिको छाडेर बार्सिलोना जाँदै ग्रिजमान
एथ्लेटिको म्याड्रिडका स्टार स्ट्राइकर एन्टोनी ग्रिजमानले यो सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका छन् ।
विश्वकप विजेता ग्रिजमानले गत जुनमा मात्र क्लबसँग पाँच वर्षको करार गरेका थिए । तर, शनिबार लेभान्तेबिरुद्ध हुने खेल क्लबका लागि उनको अन्तिम खेल हुनेछ ।
बीबीसीका अनुसार बार्सिलोनाले ग्रिजमानको १२ करोड युरोको रिलिज क्लजको रकम तिर्नेछ ।
‘यो पाँच वर्ष अभूतपूर्व रह्यो । सबै कुराका लागि धन्यवाद,’ ट्वीटरमा एउटा भिडियो पोष्ट गर्दै २८ वर्षीय ग्रिजमानले भनेका छन्, ‘मलाई सँधै माया दिने फ्यानहरुलाई यो भन्न चाहन्छु कि मैले क्लब छाड्ने निर्णय गरेको छु, नयाँ कुरा हेर्नका लागि, नयाँ चुनौती सामाना गर्नका लागि ।’
यो निर्णय लिनका लागि आफूलाई कठिन भएको बताउँदै उनले पाँच वर्ष आफूलाई माया र साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।
रियल सोसिडाडबाट सन् २०१४ मा एथ्लेटिको भित्रिएका ग्रिजमानले क्लबका लागि २५६ खेलमा १३३ गोल गरेका छन् ।
क्लबमा रहँदा उनले युरोपा लिग, स्पेनिस सुपर कप र युइएफए सुपरकप जितेका छन् भने पछिल्ला पाँच सिजन उनी क्लबका सर्वाधिक गोलकर्ता रहेका थिए ।
गत वर्ष पनि बार्सिलोनाले ग्रिजमानलाई अनुबन्ध गर्न चाहेको थियो । तर, ग्रिजमानले उक्त अफरलाई अस्वीकार गरेका थिए ।
एथ्लेटिकोले यस प्रकरणमा बार्सिलोनाबिरुद्ध फिफामा उजुरीसमेत गरेको थियो ।
यो सिजन एथ्लेटिको छाड्ने ग्रिजमान तेस्रो हाइप्रोफाइल खेलाडी बनेका छन् । यसअघि लुकास हर्नान्डेजले क्लब छाडेर बायर्न म्युनिख जाने भएका छन् भने कप्तान डिएगो गोडिनले पनि क्लब छाड्ने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो जनआन्दोलनले गर्भे टुहुरो बनायो विजयराज पाण्डेलाई
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह
-
साँखु नगर आइपुगिन् बज्रयोगिनी माई (फोटोफिचर)
-
रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट
-
सिटिजन्स बैंक खुला टेनिस : राष्ट्रिय च्याम्पियन प्रदीप सेमिफाइनलमा
-
बलात्कार आरोपमा उदयपुरबाट एकजना पक्राउ