शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिथुनको छ २ सय ५८ करोडको सम्पत्ती, यस्ता विलासी होटलका हुन् मालिक

शुक्रबार, ०२ असार २०७४, १६ : २०
शुक्रबार, ०२ असार २०७४


मिथुन चक्रवर्ती ६६ वर्ष पुगेका छन् । १६ जून सन् १९५० मा कोलकातामा जन्मेका मिथुनको बाल्यकालको नाम गौरांग चक्रवर्ती हो । करिब २ सय ५८ करोड भारुको सम्पत्तिका मालिक मिथुन अभिनेता हुनुका साथै ‘मोनार्क ग्रुप अफ होटल्स’ का मालिक हुन् । तमिलनाडुको ऊटी, मसिनागुडी र कर्नाटकको मसूरमा उनका विलासी होटल छन् ।

मोनार्क होटलको आधिकारिक वेबसाइटमा उपलब्ध जानकारी अनुसार ऊटी स्थित होटलमा ५९ कोठा, ४ लग्जरी सुइट्स, हेल्थ फिटनेस सेन्टर, इनडोर स्विमिङ पूल, लेसर डिस्क थिएटर, मिड नाइट काउ ब्वाई बार एण्ड डिस्कोसँगै किड्स कर्नरसहित हरेक प्रकारको सुविधा छ ।

मसिनागुडीमा १६ एसी बंगला, १४ ट्वीन्स मचान्स, ४ स्ट्यान्डर्ड रुम, मल्टिकुशन रेष्टुरेन्ट र चिल्ड्रेन प्ले ग्राउन्डका साथै हर्स राइडिङदेखि जीपबाट जंगल राइडजस्ता सुविधा रहेका छन् ।

मैसूरस्थित होटलमा १८ वेल फर्निश्ड एसी कटेज, २ एसी सुइट्स, ओपन एयर मल्टीकुशन रेष्टुरेन्टका साथै स्विमिङ पूल, पूल टेबल र ट्राभलसम्बन्धि सुविधा उपलब्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप