शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेणु दाहालले दिइन् कर्मचारीलाई निर्देशन

बुधबार, ०१ जेठ २०७६, १७ : ५९
बुधबार, ०१ जेठ २०७६

चितवन– भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले इमान्दार, निष्ठावान बनेर सेवाप्रति समर्पित भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् ।  भरतपुर महानगरपालिकाका वडा सचिवहरु र समायोजन पदस्थापनमा आएका कर्मचारीहरुको क्षमता विकासको लागि भएको दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले वडा कार्यालयहरुलाई चुस्त, दुरुस्त र सशक्त बनाउन कार्यशालाको आयोजना गरिएको बताइन् । 

उनले भने, ‘राष्ट्रसेवक कर्मचारीहरुले सेवाग्राहीको कुनै पनि काममा ढिलासुस्ती नगरी, पारदर्र्शी ढंगले सेवा प्रवाह गर्न जरुरी छ ।’ महानगर प्रमुख दाहालले वडा कार्यालयहरुलाई सशक्त र गतिशील बनाउन वडा सचिवहरुलाई निर्देशन दिएकी थिइन् ।

कार्यशाला गोष्ठीमा महानगरका २९ वटा वडाका वडा सचिवहरु सहभागी थिए । महानगर प्रमुख दाहालले भनिन्, ‘सेवा प्रवाह प्रभावकारी अझै हुन नसकेको यताकदा केही गुनासोहरु आइरहेका छन्, यस्तो कुनै किसिमको गुनासो नआउने ढंगले काम गर्न जरुरी छ ।’ 

कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले सिङ्गो महानगरलाई उत्कृष्ट महानगर बनाउन वडा सचिवहरुको भूमिका महत्वपूर्ण हुने बताइन् । उनले कार्यशालाबाट सिकेको सीपलाई कार्यान्वयनमा लगेर सेवालाई प्रभावकारी बनाउन कर्मचारीहरुको कर्तव्य भएको बताइन् । 

कार्यक्रममा महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले क्षमता विकास गरेर महानगरलाई नमुना र उत्कृष्ट महानगर बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप