शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अपडेटः एसिड आक्रमणमा परेकी युवतीलाई ओमबाट फेक्ट अस्पताल रिफर गरियो

बुधबार, ०१ जेठ २०७६, २१ : ५३
बुधबार, ०१ जेठ २०७६

काठमाडौं– एसिड आक्रमणमा परेकी युवतीलाई चाबहिलस्थित ओम अस्पतालबाट कीर्तिपुर स्थित फेक्ट अस्पतालमा रिफर गरिएको छ । 

उनको शरीका विभिन्न भाग जलेकाले ओम अस्पतालबाट फेक्ट रिफर गरिएको हो । 

बुधबार साँझ काठमाडौंको कालोपुलमा २० वर्षीय ती युवतीमाथि एसिड प्रहार भएको थियो । 

आक्रमणकारी एसिड प्रहार गरेर फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । 

उनका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ भने उनको चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि लगिएकोमा त्यहाँबाट फेक्ट पठाइएको हो । 

प्रहरीका अनुसार एसिड हान्ने व्यक्तिको पहिचान खुलेको  उनको खोजीकार्य भइरहेको छ । के कारणले एसिड प्रहार भयाे भन्नेबारे खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप