कालोपुलमा युवतीमाथि एसिड प्रहार गरेको आरोपमा एकजना पक्राउ(अपडेट)
बुधबार, ०१ जेठ २०७६, २२ : ४५
१
काठमाडौं-काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार गरेको आरोपमा काँडाघारी सनसिटी अपार्टमेन्ट नजिक बस्ने २८ वर्षीय विष्णु भुजेल पक्राउ परेका छन् ।
उनलाई प्रहरीले केहीबेर अघि पक्राउ गरेको हो । भुजेल युवतीका श्रीमान भएको समेत बताईएको छ ।
काभ्रे घर भएका भुजेलले आफ्नै श्रीमती जेमी खड्कालाई एसिड प्रहार गरि फरार भएपछि तत्काल उनलाई काठमाण्डौ काडाघारी सनसिटीवाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौका प्रबक्ता होबिन्द्र बोगटीले वताए ।
उनका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । एसिड प्रहार गरेर फरार भएपछि फरार अभियुक्त खोज्न काठमाण्डौ प्रहरी तत्कालै परिचालित भएको थियो ।