मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियताका विषयमा गम्भीर बनौः चित्रबहादुर केसी

बुधबार, ०१ जेठ २०७६, २३ : ०८
बुधबार, ०१ जेठ २०७६

काठमाडौं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियताका सवालमा सरकार गम्भिर बन्नुपर्ने बताएका छन् । अनेरास्ववियु (छैटौंँ) ले आज ५४औंँ विद्यार्थी दिवसको अवसरमा आयोजना गरेको ‘राष्ट्रियतामाथिको सङ्कट र विद्यार्थी आन्दोलन’ विषयक अन्तर्क्रिया कार्यत्रममा उनले मुलुकमा कम्युनिष्ट पार्टीको शासन भएको बेला राष्ट्रियताका सवालमा कसैसँग झुक्न नहुने बताए । 

मुलुकको राष्ट्रियता कमजोर बनाउने प्रयास गरिएकाले सरकार सचेत रहनुपर्ने अध्यक्ष केसीको भनाइ थियो । उनले नागरिकता वितरण गर्ने प्रणालीलाई कडाई गर्नुपर्ने बताए । नागरिकता वितरण प्रणाली खुकुलो बनाएकाले भारतीयले समेत नेपाली नागरिकता लिएको अध्यक्ष केसीले उल्लेख गरे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले अन्य मुलुकजस्तै नेपालमा पनि नागरिकता वितरणमा कडाई गर्नुपर्ने बताए । उनले नागरिकता वितरणमा कडाई नगरे मुलुकको राष्ट्रियतामा गम्भिर असर पर्ने बताए ।

कम्युनिष्ट पार्टीको विधि विधानलाई टेकेर नै आफूले राष्ट्रियताका सवालमा आवाज उठाउँदै आएको नेता रावलको भनाइ थियो । “माध्यमिक तहको पाठ्यक्रममा राष्ट्रियताको विषय समेटिएको विषयवस्तु समावेश गर्नुपर्छ”, उनले भने ।  कार्यक्रममा अखिल (छैटौँ)का अध्यक्ष विमल पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रियताको रक्षार्थ विद्यार्थीले खेलेको भूमिका उल्लेखनीय रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप