बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

उकालो लाग्दै शेयर बजार

बुधबार, ०१ जेठ २०७६, २३ : ४५
बुधबार, ०१ जेठ २०७६

काठमाडौं-मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको शेयर बजार बुधबार पनि उकालो लाग्नेक्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से ५.५५ बिन्दुले बढेर एक हजार ३२१ बिन्दुमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक २.१५ बिन्दुले बढेर २८२.२५ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज १७२ कम्पनीका ४० लाख ४३ हजार १५७ कित्ता शेयर रु एक अर्ब ३३ करोड तीन लाख १४ हजार २४७ मा खरिद बिक्री भए । कारोवार भएका १२ उपसमूहमध्ये छ उपसमूहको शेयर बढे भने छ उपसमूहको शेयर घटे । बैंकिङ ९.८६, व्यापार १०.५६, विकास बैंक २५.९९, वित्त १.९५, अन्य ८.१२, लघुवित्त ०.१३ बिन्दुले वृद्धि हुँदा होटल ३४.१९, जलविद्युत् ७.२६, निर्जीवन बीमा ३८.४९, उत्पादन ५९.७४, जीवन बीमा १७.८४ र म्युचुअल फन्ड ०.०४ बिन्दुले घट्यो । 

नेपाल कम्युनिटी विकास बैंकका शेयरधनीले ७.९७, विशाल बजार कम्पनी ७.७९, ग्रीन डेभलपमेन्ट बैंक ६.७३, रिलायन्स फाइनान्स ६.६१ र कृषि विकास बैंकका शेयरधनीले ५.२९ प्रतिशतले कमाए भने हिमालयन डिष्टिलरी लिमिटेडका शेयरधनीले ६.०३, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ५.५२, सिभम सिमेन्टस् ४.७६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ४.३७ र नयाँ नेपाल लघुवित्त विकास बैंकका शेयरधनीले ३.९२ प्रशितले गुमाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप