बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङ भारतको मिनर्वासँग बराबरीमा रोकियो

बिहीबार, ०२ जेठ २०७६, ०० : १३
बिहीबार, ०२ जेठ २०७६

काठमाडौं-एएफसी कप छनोट अन्तर्गत चौथो खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले भारतको मिनर्वा पञ्जावसँग बराबरी खेल्दै अंक बाँडेको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा बुधबार भएको खेलमा मनाङ १० खेलाडीमा सिमित मिनर्वासँग १–१ गोलको बराबरीमा रोकिएको हो । यस बराबरीसँगै मनाङको छनोट सम्भावना सकिएको छ । जित्नैपर्ने खेलमा मनाङ बराबरीमा रोकियो । मिनर्वाको मैदानमा यसअघि भएको खेलमा पनि दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । 

पहिलो हाफमा सानदार प्रदर्शन गरेको मिनर्वाले १० खेलाडीमा समेटिएपछि लय गुमाएको थियो । एकपक्षीय पहिलो हाफमा मिनर्वाका लागि युवा स्ट्राईकर मोईराङथेम थोईबा सिंहले ३९औं मिनेटमा गोल गरे । १७ बर्षीय थोईबाले कालिफ अल्सानको पासमा गोल गरेका थिए । पहिलो हाफमा मिनर्वाको दुई वटा उत्कृष्ट प्रहार क्रस बारमा लागेर फर्किएको थियो । पहिलो हाफकै अतिरिक्त समयमा मिनर्वाका प्रतिक जोशी दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । दोस्रो हाफमा १० खेलाडीले भिडेको मिनर्वाले मनाङसँग औसत खेल गरेपनि गोल थप्न सकेन । खेलको अन्तिम १५ मिनेट लयमा देखिएको मनाङले ८१औं मिनेटमा बराबरी गोल फर्काएको थियो । मनाङका अफ्रिकी खेलाडी सहेद अजिजले गोल गरे । उनले अन्जन विष्टले पोस्ट नजिक मिलाई दिएको बलमा गोल गरेका थिए ।

खेलपछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङले खेलाडीले रणनिति अनुसार खेल्न नसक्दा बराबरीमा चित्त बुझाउनु परेको बताए । घरेलु मैदानमा विपक्षी १० खेलाडी हुँदा पनि जित्न नसक्नु कमजोरी रह्यो, लोप्साङले भने । मिनार्वाका प्रशिक्षक सचिन तानाजीले रेफ्रीको गलत निर्णयका कारण जितेको खेल बराबरीमा चित्त बुझाउन वाध्य भएको बताए । ‘रेफ्रीले अनावश्यक कार्ड दिए । खेलको अन्तिममा भएको गोल अफसाइड दिनु अर्को दुर्भाग्य भयों,’ सचिनले भने । उनले रेफ्रीको निर्णयविरुद्ध एएफसीमा उजुरी दिने पनि बताए । बारबरीसँगै समूह ‘ई’ मा रहेको मनाङले चार खेलबाट दुई अंक बनाएको छ । मनाङ तालिकाको अन्तिममा छ । समान खेलबाट चार अंक बनाएको मिनर्वा दोस्रो स्थानमा छ । मिनर्वाको छनोट हुने गणितिय सम्भावना जिवित छ । भारतको चेन्नई एफसी शीर्ष स्थानमा छ । बंगलादेशको अवाहानी क्लब तेस्रो स्थानमा छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप