केन्द्रीय संस्करण
परम्परागत नीतिकथा

गङ्गटो र वानर

person explore access_timeजेठ २, २०७६ chat_bubble_outline0

कुनै एक नदीकिनारमा जखडबन्द नामको एउटा गङ्गटो बस्थ्यो । नदीकिनारकै घना जङ्गलमा चपलसिङ् नामको एउटा वानर पनि बस्थ्यो । एक दिन नदी किनारकै एउटा ढुङ्गामाथि बसेर वानर आँपको कोया चुस्दै थियो । आफ्ना हातले पहेँलो बाटुलो नमकीन बिस्कुट लिएर कुत्रुक् कुत्रुक् हिँडिरहेको गङ्गटो देखियो । गङ्गटो देखेपछि वानरले कोया एकातिर राख्यो र चर्र्कै व्यथाले सताएजस्तै गरी कुक्रुक्क परेर वाक् वाक् गर्न थाल्यो ।

वानरकाका, तपाइँलाई सन्चो भएन कि कसो ? गङ्गटाले सोध्यो ।

म यो आँपको कोया चुस्ने विचार गर्दैथिएँ एकाएक के भो केभो आन्द्राभुँडी नै बटारिएर आयो । म त यसैले मर्छुक्यारे, ऐयानि दुख्यो ! वानरले भन्यो । गङ्गटाले गौर गरेर हे¥यो, वानरको अनुहार कच्याक्कुचुक् परेको थियो । गङ्गटालाई यस बिरामी वानरमाथि दया जाग्यो । आफुले च्यापेको नमकीन बिसकुट वानरलाई खान दियो । सट्टाम वानरले पनि गङ्गटालाई आँपको कोया खान दियो ।

गङ्गटाले मनमनै सोच्यो, यो कोया धुलो पारेर खानुभन्दा माटोमा रोपिदियो भने उम्रन्छ, हुर्कन्छ र धेरै आँप फल्छ । यसलाई नदीकिनारको मलिलो मटोमा रोपिदिन्छु ।

गङ्गटाले कोयो रोप्यो । चिसो मलिलो माटोमा आँपको कोयो छिट्टै टुसायो, बोट उम्रियो बढ्यो र अर्को वर्ष बैशाखमा कोपिला पनि लाग्यो । लटरम्म फलेको आँप असारमा लदाबदी पाक्यो । गङ्गटालाई खाउँखाउँ लाग्यो, तर रुख चढेर खान सकेन ।

गङ्गटो कुत्रुक् कुत्रुक् गदैै वानर भेट्न गयो । भेट्यो । आँप पाकेको कुरा सुनायो । आँप खान निम्ता पनि दियो ।

वानर खुसी हुँदै आयो । रुख चढेर पेटभरी आँप खायो । गङ्गटो रुखको फेदमा ढुकेर बसेको थियो । वानरले त्यतातिर पुलुक्क पनि हेरेन ।

वानरकाका, मलाई पनि दिनास् न ! गङ्गटाले विनति बिसाएजसरी भन्यो । वानरले गलगित्त पाकेको पाकेर झर्नै लागेकोे एउटाआँप टिप्यो र गङ्गटाको ढाडमै पर्ने गरी खसालिदियो । ऐया ! गङ्गटो करायो । तै तै गङ्गटाको ढाड भाँचिएन । आँप फुटेर निस्केको रसले गङ्गटो निथ्रुक्कै भिज्यो । वानर रुखबाट खितित्त हाँस्यो ।

दिक्क मान्दै गङ्गटो घर फक्र्यो । वानरको अन्यायले उसको मन पोलिरहेको थियो । बेलुका साथीसँगाती गङ्गटाहरु बोलायो । सवै मिलेर सल्लाह गरे ।

अर्को दिन गङ्गटो आफ्नो डुलफिर काम सकेर घर फर्कँदैथियो । बाटोमा चपलसिङ् बाँदर भेटियो । गिज्याउन खोज्दै वानरले भन्यो, हेलो जखडबन्द, आज पनि नमकिन बिस्कुट किन्न हिँडेको कि ? यो सुनेर गङ्गटाले भन्यो, घरमै थुप्रो बाँकी छ किन किन्ने ?

गङ्गटाको कुराले वानरको मुख रसायो । मmुलाहिजा गर्दै गर्दै त्यो नकच्चरो वानर फेरि गङ्गटाको पछि लाग्यो ।

ओडारजस्तो घरभित्रको गङ्गटाको कोिठा ओसिलो, चिसो थियो । कोठाको बीचमा आगो भरिएको मकल थियो । वानर त्यो मकलनजिकै बसेर हात सेकाउन थाल्योे । लुकेर बसेको एउटा गङ्गटोले अचानक मकल घोप्ट्याइदियो । भर्भराउँदो आगोले हातखुट्टामा जताततै पोलेपछि आत्था भन्दै वानर बुरुक्क उफ्रियो । कुनामा लुकेको एउटा गङ्गटोले त्यही मौका पारेर आफुले च्यापेको अरिङ्गाल छोडिदियो । रिसाएको अरिपनि वानरलाई नै चिल्यो । वानर झन् रन्थनियो र ढोकातिर दगु¥यो । ढोका बन्द थियो । बन्द ढोकामाथि लुकिबसेका गङ्गटाहरुले वानरको थाप्लैमा पर्नेगरी सिलौटो खसालिदिए । यो चोट पाएपछि वानर आत्तियो । थुचुक्क बसेर क्वाँ क्वाँ रोयो । रुँदैरुँदै गङ्गटासित माफी पनि माग्यो ।

गङ्गटाहरु वानरका वरिपरि जम्मा भए । गङ्गटाहरुले वानरलाई एक पुडिया नमकिन विस्कुट पनि खान दिए । अन्तमा लाज मन्दै मान्दै गङगटाहरुसित बिदा भएर चप्पलसिङ् वानर आफ्नो घर फक्र्यो ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...