बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

होलसेल पसलमा आगलागी

बिहीबार, ०२ जेठ २०७६, ११ : १०
बिहीबार, ०२ जेठ २०७६

बुटवल । बुटवलका दुईवटा होलसेल पसलमा आगलागी भएको छ । बुटवलको सङ्गम पथमा रहेको सगरमाथा ब्याग हाउस र सँगैको गुल्मी रेसुङ्गा ट्रेड हाउसमा आगलागी भएको हो ।

आगलागीबाट डेढ करोड बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिल बहादुर मल्लले जानकारी दिए । बुटवल उपमहानगरपालिकाका दुई र तिलोत्तमा नगरपालिकाको एक गरि तीनवटा दलमकलले पसलमा लागेको आगो नियन्त्रणमा लिएका थिए । 

पसल बन्द रहेको अवस्थामा आगलागी भएको सगरमाथा ब्याग हाउसका सञ्चालक उमेश गुप्ताले बताए । आगलागी हुँदा एक करोड बढीको सामान नष्ट भएको गुप्ताले दावी गरे । यस्तै गुल्मी रेसुङ्गा टे«ड हाउसका सञ्चालक राजु श्रेष्ठले आगलागीबाट ४० लाखको समान जलेर नष्ट भएको बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप