शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुर प्रहरीको आफ्नै भवन

बिहीबार, ०२ जेठ २०७६, ११ : ४९
बिहीबार, ०२ जेठ २०७६

जनकपुर– जिल्ला प्रहरी कार्यालय धनुषाले सुविधासम्पन्न भवन प्रयोगमा ल्याउने भएको छ । नव निर्मित व्यारेक भवनको उद्घाटन भएसँगै प्रहरीले आफ्नै भवन प्रयोग गर्न पाउने भएको हो ।

१ विघा ५ कठा १५ धुर जग्गामा ४ करोड ६५ लाख १८ हजार २ सय ५३ रुपैयाँ मा बनेको भवनको बिहीबार प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरीबहादुर पालले उद्घाटन गरेका हुन् ।

तीन तलाको उक्त भवनमा महिला प्रहरीका लागि छुट्टै शौचालय, बेडरूम सहित आवासको व्यवस्था गरिएको छ । 

प्रदेश प्रहरी प्रमुख पालले नयाँ भवनको उद्घाटन गर्दै नयाँ भवनसँगै नयाँ सोचका साथ प्रहरी कर्मचारीले काम गर्नेमा आफु विस्वस्त रहेको बताए  । 

यसअघि व्यारेक अभावमा जिल्ला प्रहरी कार्यलयका प्रहरीहरु महेन्द्र नारायण निधि प्रतिष्ठानमा बस्दै आएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप