शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सय किलो गाजासहित २ जना पक्राउ

बिहीबार, ०२ जेठ २०७६, १३ : ०८
बिहीबार, ०२ जेठ २०७६

सर्लाही– प्रहरीले सर्लाहीको लालबन्दीबाट ठुलो परिमाणमा लागु औषध गाजा सहित २ जनालाई पक्राउ गरेको छ । 

सर्लाहीको लालबन्दी नगरपालिका–१४ गंगटेबाट १ सय किलो गाजासहित २ सर्लाहीकै सानोकान्छा योञ्जन र पर्साको पर्सागढी नगरपालीका–९ मनवा बजारका ३४ बर्षका प्रगन सहनीलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट सय किलो गाजा, गाजा बनाउन प्रयोग गरिने काठको फर्मा,लगायतका सामानहरु समेत बरामत गरिएको ईलाका प्रहरी कार्यलय लालबन्दीका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक किरण प्रसाद न्यौपानेले बताए ।

पक्राउ परेका दुबै जना पेशेवर लागु औषध ओसार पसारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप